१६ चैत्र २०८०, शुक्रबार

एनसीईमा युनेस्को क्लबका साजिद सिद्दिकी र बालमैत्री स्थानीय शासनमा अन्सारी निर्वाचित

एनसीईमा युनेस्को क्लबका साजिद सिद्दिकी र बालमैत्री स्थानीय शासनमा अन्सारी निर्वाचित

समाचारदाता
नेपालगञ्ज, असोज १ । काठमाण्डौमा सम्पन्न भएको शिक्षाका लागि राष्टिय अभियान एनसीई नेपालको केन्द्रिय सदस्यमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी निर्वाचित हुनु भएको छ ।
राजेन्द्र पहाडीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्य समितिका निर्देशक सिद्दिकी केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएको हो ।
यसअघि सोही पदमा बाँके युनेस्को क्लबको प्रतिनिधित्व गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष र हालका सल्लाहकार सिराज खान पनि केही वर्ष अघि निर्वाचित हुनु भएको थियो ।
शिक्षाको क्षेत्रमा सुधारका लागि लामो समयदेखि विभिन्न गतिविधि मार्फत वकालत गर्दै आएको एनसीई नेपाल देशकै सबैभन्दा ठुलो सञ्जालको रुपमा स्थापित छ ।
बाँके युनेस्को क्लबले विगत लामो समयदेखि सो अभियानको सदस्य र प्रमुख सहयोगी संस्थाको रुपमा काम गर्दै आएको छ ।

यसैगरि बालमैत्री स्थानिय शासन राष्ट्रिय मञ्चको हालै काठमाण्डौमा सम्पन्न दोस्रो साधारणसभा तथा अधिवेशनले बाँके युनेस्को क्लबका कार्य समिति सदस्य साहिल अन्सारीलाई कार्यसमितिको सदस्यमा निर्विरोध निर्वाचित गरेको छ ।
७ सदस्यीय कार्यसमितिमा बाँके युनेस्को कल्ब प्रतिनिधित्व गर्दै अन्सारी निर्वाचित हुनुभएको हो ।
क्लबका दुईजना प्रमुख व्यक्ति देशका दुई वटा प्रमुख अभियानमा सक्रिय राष्टिय सञ्जालमा निर्वाचित हुनु भएकोमा क्लबका प्रमुख संरक्षक प्रवेज अलि सिद्दिकी र अध्यक्ष रवि तुलाधारले बधाई ज्ञापन गर्दै क्लबले शिक्षा, बालअधिकार लगायतका क्षेत्रमा निरन्तर काम गर्दै जाने जनाउनुभएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *