११ बैशाख २०८१, मंगलवार

एमसीसीको विरोध प्रदर्शनको क्रममा धम्बोझीमा प्रहरी र प्रदर्शनकारीविच झडप

एमसीसीको विरोध प्रदर्शनको क्रममा धम्बोझीमा प्रहरी र प्रदर्शनकारीविच झडप

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन ४ । अमेरिकी परियोजना एमसिसीको बिरुद्धमा नेपालगन्जमा बुधबार भएको प्रदर्शनमा प्रहरी र आन्दोलनकारी बीच केही बेर झडप र धक्कामुक्की भएको छ ।
सत्ता गठबन्धन नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियु र युवा संघ नेपालले नेपालगन्जको धम्बोझी चोकमा गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोगको प्रयास गरेको थियो ।
धम्बोझी चोकमा गरेको प्रदर्शनमा प्रहरी र आन्दोलनकारी बीच करिब १५, २० मिनेट तनावको स्थिति देखा परेको थियो । सोही क्रममा अनेरास्ववियु बाँकेका कार्यवाहक अध्यक्ष इन्द्र बस्नेतलाई प्रहरीले केहिबेर नियन्त्रणमा लिएर प्रहरी भ्यानमा राखेको थियो । प्रहरी र आन्दोलनकारी बिचको तनाव अनेरास्ववियु बाँकेका कार्यवाहक अध्यक्ष इन्द्र बस्नेतलाई छोडेपछी साम्य भएको थियो ।

नेकपा एकीकृत समाजबादी निकट अनेरास्ववियु र युवा संघ नेपालले नेपालगन्जको धम्बोझी चोकमा टाएर बालेर एमसिसी चाहिदैन भन्दै चर्को नाराबाजी गरेका थिए ।
प्रदर्शनमा अनेरास्ववियु केन्द्रिय सचिव टेकेन्द्र मल्ल, युवा संघ बाँकेका सचिव सुनिल रसाइली, अनेरास्ववियु बाँकेका कार्यवाहक अध्यक्ष इन्द्र बस्नेत तथा नेकपा एसका नेताहरू करिश्मा योगि, ऋषि पोखरेल लगायतको उपस्तिथि रहेको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *