१५ चैत्र २०८०, बिहीबार

एमसीसी विरुद्ध आइतवार नेपालगञ्जमा बृहत्त विरोध प्रदर्शन

एमसीसी विरुद्ध आइतवार नेपालगञ्जमा बृहत्त विरोध प्रदर्शन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २९ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेले आइतवार अमेरिकी परियोजना एमसिसीको बिरुद्धमा नेपालगन्जमा बृहत बिरोध प्रदर्शन गर्ने भएको छ ।
सो बृहत बिरोध प्रदर्शनमा सहभागी हुन नेकपा एस बाँकेका उपसचिव समेत रहनु भएका मोर्चा फाटको अध्यक्ष किशोर थापाले सर्बैसंग आव्हान गर्नुभएको छ ।
एकीकृत समाजवादी सम्बद्ध मोर्चा संगठनको बैठकले एमसीसी सम्झौताविरुद्ध देशव्यापी प्रदर्शन गर्ने निर्णय गरे अनुसार बाँकेमा पनि फागुन १ गते हुने प्रदर्शनमा सहभागीताको लागी आव्हान गरिएको हो ।

बैठक पछि नेकपा एस बाँकेका उपसचिव समेत रहनुभएका मोर्चा फाटको अध्यक्ष थापाले यथास्थितिमा एमसिसी पास गर्न हुन्न भन्ने अडानमा थियो र छ भन्नुभयो । एमसिसिका केही शर्तहरु राष्ट्र हितमा छैनन् र देशमा एमसिसी पास गर्ने एक्सरसाइज बढ्दै गएकाले सडकमा आउनुपरेको उहाँको भनाई छ ।
शुक्रबार नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी मोर्चा फाटको अध्यक्ष किशोर थापाको अध्यक्षतामा बसेको बैठकले फागुन १ मा एमसीसी सम्झौताविरुद्ध बाँकेको नेपालगन्जमा व्यापक प्रदर्शन गर्ने निर्णय गरेको थियो ।
बैठकमा सम्पुर्ण जनसंगठनका संयोजकहरुले बिरोध कार्यक्रम सफल पार्ने एकेवद्द्ता जाहेर गरेका थिए ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *