७ बैशाख २०८१, शुक्रबार

एमालेमा बाँकेका पाँच जना केन्द्रिय सदस्यमा सर्वसम्मत भए

एमालेमा बाँकेका पाँच जना केन्द्रिय सदस्यमा सर्वसम्मत भए

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर १३ । चितवनको सौराहमा जारी नेकपा एमालेको १० औ महाधिवेशनबाट केन्द्रीय कमिटीमा बाँकेबाट ५ जना सर्वसम्मत रुपमा चयन भएका छन् । एमालेका अध्यक्ष केपी ओलीले प्रस्ताव गरे अनुसारनै उनिहरुलाई सर्वसम्मत गरिएको हो । निवर्तमान केन्द्रीय कमिटीका सदस्य मोहम्मद हारुन, महिला नेतृ शान्ति ढकाल र दिपा शर्मा, पुर्व जिल्ला अध्यक्ष सुर्य ढकाल र पशुपति दयाल मिश्र एमालेको केन्द्रीय कमिटीमा चयन भएका हुन ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले आईतबार राती ३०१ सदस्यीय केन्द्रीय कमिटीको बन्दसत्रमा घोषणा गरेका थिए । विद्यार्थी राजनीति हुँदै एमालेको राजनीतिमा सक्रिय हारुन नेपालगञ्जका स्थापित नेता हुन । लोकतान्त्रिक मधेसी संगठन र मुस्लिम इत्तेहाद संगठनको केन्द्रीय नेतृत्वमा रहेका हारुन लगातार दोश्रो पटक केन्द्रीय कमिटीमा चयन भएका हुन ।
विद्यार्थी र युवा संघको राजनीति हुँदै एमालेमा सक्रिय ढकाल, पुस ५ पछि नेकपा एमाले बाँकेको अध्यक्षको भुमिकामा रहेका थिए । हाल प्रदेश कमिटी सदस्य रहेका ढकाल सक्रिय युवा नेताको रुपमा परिचित छन । उनी अध्यक्ष रहेको बेलामा पार्टीलाई चलयमान राख्न विभिन्न गतिविधि सञ्चालन गरेका थिए ।
महिला नेतृ ढकाल एमालेको पुरानो नेता हुन । तत्कालिन भेरी अञ्चल कमिटी हुँदै एमालेको प्रदेश कमिटी सदस्य ढकाल अनेमसंघ र किसान महासंघको राजनीतिमा समेत सक्रिय छन । ९ औ महाधिवेशनमा अत्यन्तै थोरै मतले केन्द्रीय सदस्यमा पराजित भएकी नेतृ ढकाल यो पटक समेटिएकी छन ।
विद्यार्थी राजनीतिबाट एमालेको राजनीतिमा सक्रिय शर्मा यसअघि पार्टीको प्रदेश कमिटी सदस्य हुन । अनेरास्ववियुको केन्द्रीय राजनीति हुँदै युवा महिला संघको अध्यक्ष शर्मा २०६२र६३ को जनआन्दोलनमा अनेरास्ववियुबाट सक्रिय थिईन ।
हालैमात्र एमाले प्रवेश गरेका मिश्रा बाँकेमा स्थापित राजनीतिककर्मी हुन । जिविस बाँकेका पुर्व सभापति भईसकेका मिश्रले २०७४ को आम निर्वाचनमा स्वतन्त्र राजनीतिक समुहको प्रतिनिधित्व गर्दै सूर्य चुनाव चिन्ह लिएर बाँके निर्वाचन क्षेत्र नं। २ बाट निर्वाचन लडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *