८ बैशाख २०८१, शनिबार

एमाले अध्यक्ष ओली आज नेपालगञ्जमा गर्जने

एमाले अध्यक्ष ओली आज नेपालगञ्जमा गर्जने

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १ मंसिर । पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बुधवार नेपालगञ्ज आउँदै हुनुहुन्छ । पार्टी प्रवेश कार्यक्रमका लागि उहाँ नेपालगञ्ज आउन लाग्नु भएको हो ।
नेपालगञ्जको बालेगाउँस्थित मेरो प्लानेटमा हुने वृहत पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन अध्यक्ष ओली बुधवार विहान नेपालगञ्ज पुग्ने कार्यक्रम रहेको एमाले बाँकेले जनाएको छ । सो कार्यक्रमका लागि लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री शंकर पोखरेल मंगलवारनै नेपालगञ्ज पुगिसक्नु भएको छ ।
नेपालगञ्ज विमानस्थलबाट अध्यक्ष ओलीलाई एक स्वागतमा रयालीसहित स्वागत गरेर नेपालगञ्ज ल्याउने कार्यक्रम रहेको एमाले बाँकेका अध्यक्ष निरक गुरुंगले जानकारी दिनुभयो ।
पुर्व प्रधानमन्त्री ओली बुधवार विहान साढे ११ बजे नेपालगञ्ज विमानस्थलमा अवतरण हुने कार्यक्रम रहेको छ । जिविस बाँकेका पुर्व सभापति पशुपति दयाल मिश्रा, नेता गिरिजा पाठक, करिम खाँ लगायत विभिन्न पार्टी परित्याग गरि ठुलो संख्यामा विभिन्न पार्टीका नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको एमाले बाँकेका उपाध्यक्ष किस्मत कक्षपतिले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *