७ बैशाख २०८१, शुक्रबार

एमाले बाँकेद्धारा निर्वाचन लक्षित दुई महिने अभियान सञ्चालन

एमाले बाँकेद्धारा निर्वाचन लक्षित दुई महिने अभियान सञ्चालन

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, भदौ ३१ । नेकपा एमाले बाँकेले मङ्सिर ४ गते हुने प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको प्रचारप्रसारका लागि दुई महिने अभियान सञ्चालन गरेको छ । पार्टीका महासचिव शङ्कर पोखरेलले अभियानको नेपालगञ्जस्थित पार्टी कार्यालयमा उदघाटन गरेर गएपछि अभियानलाई तिव्र पािरएको एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुन हलवाईले जनाउनुभयो ।
उहाँका अनुसार महासचिव पोखरेलले पार्टीका केन्द्रीय सदस्य तथा बाँके जिल्ला इन्चार्ज सुर्य ढकाल र जिल्ला कमिटीका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई झोला र डायरी हस्तान्तरण गर्दै अभियानको शुभारम्भ गर्नु भएको थियो । सो अभियान अन्तर्गत गाउँ गाउँमा पुगेर जनतालाई एमालेको पक्षमा मतदान गर्न आग्रह गरिने र कार्यकर्तालाई सक्रिय पारिने केन्द्रिय सदस्य हलवाईले बतानउुभयो ।
नेकपा एमाले बाँकेका प्रचार विभाग प्रमुख सतिश निरौलाका अनुसार, बिहिवार जिल्लास्तरीय कार्यकर्ता भेला गरी अभियानमा खटिने नेता कार्यकर्तालाई झोला हस्तान्तरण गरिएको छ । सो अवसरमा उनिहरुलाई विशेष प्रशिक्षण पनि दिईएको थियो ।
दुई महिने अभियानमा पार्टीका करिब दुईसयजना अगुवा नेता कार्यकर्ता वडाका हरेक टोलमा पुगेर सङ्गठन विस्तार, भेला, बैठकमार्फत निर्वाचनको प्रचारप्रसार गर्ने, योजना बनाउने काममा परिचालन हुने एमाले बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *