१६ चैत्र २०८०, शुक्रबार

एमाले बाँकेले संघ र प्रदेशमा सिफारिस गरेका उम्मेदवारहरुबारे जानकारी गरायो

एमाले बाँकेले संघ र प्रदेशमा सिफारिस गरेका उम्मेदवारहरुबारे जानकारी गरायो

समाचारदाता
नेपालगञ्ज, भदौ ३० । एमाले बाँकेले जिल्लाको तीनवटै निर्वाचन क्षेत्रबाट संघ र प्रदेशमा प्रयक्षतर्फ सिफारिस भएका उम्मेदवारहरूको पूर्ण विवरण सार्वजनिक गरेको छ । एमाले बाँकेका अध्यक्ष किस्मतकुमार कक्षपतिले जिल्लामा आएका सबै आकंक्षीको नाम सिफारिस गरेको बताउनु भएको छ ।
एमाले बाँकेले एक विज्ञप्ति जारी गर्दै सिफारिसमा परेका सबै आकंक्षीको नाम सार्वजनिक गरेको जनाएको छ। विज्ञप्ति अनुसार निर्वाचन क्षेत्र नं १ बाट संघका लागि सूर्य ढकाल, देवराज भार, पुजन विश्वकर्मा, बलराम भट्टराई र कृष्णाकुमारी चालिसेको नाम सिफारिसमा परेको छ । त्यस्तै निर्वाचन क्षेत्र १ क प्रदेशबाट परशुराम थारु, रामकुमार दीक्षित, तीर्थराज डांगी, विक्रम यादव, सोहनलाल यादव र खुमा डाँगीको नाम सिफारिसमा परेको छ । निर्वाचन क्षेत्र १ ख बाट दुर्गाप्रसाद चौधरी, नरेन्द्र शर्मा, गोपल गिरी, सूर्य रोकाय, कुश्माखर बस्याल, अनिता पौडेल, विजुला अधिकारी र विष्णु बेल्वासेको नाम सिफारिस भएको छ ।
निर्वाचन क्षेत्र नं २ बाट संघीय निर्वाचनका लागि मो। हारुन हल्वाई, रवीन्द्र लम्साल, अक्रम अन्सारी, शिव डोटेल, रचना श्रेष्ठ, सरस्वती शर्मा, पार्वती बोहरा गुरुङको नाम सिफारिसमा परेको एमालेले जनाएको छ । निर्वाचन क्षेत्र नं २ क प्रदेशमा विजयबहादुर यादव, राजेन्द्र कँडेल र विष्णु भण्डारीको नाम सिफारिसमा परेको छ । निर्वाचन क्षेत्र नं २ ख प्रदेशबाट निरक गुरुङ, हलिम शाह, मनोज बर्मा, कृष्णप्रसाद श्रेष्ठ, मिना ढकाल, कैलाश यादव, दत्तप्रसाद आचार्य र मो। हकिम हल्वाइको नाम सिफारिस भएको छ ।
निर्वाचन क्षेत्र नं ३ बाट संघमा किस्मतकुमार कक्षपति, रत्नबहादुर खत्री, कृष्ण सार्कीको नाम सिफारिसमा परेको छ । निर्वाचन क्षेत्र नं ३ क प्रदेशमा चन्द्रबहादुर चौधरी, अब्दुल करिम खाँ, इमानसिंह ठकुरी, प्रेमप्रसाद सुवेदी, मानबहादुर रुचाल र कन्चन गौतम परेका छन् । निर्वाचन क्षेत्र नं ३ ख मा पदमबहादुर धिताल, डिल्लीबहादुर बिसी, भीम ओली र मिरा खनालको नाम सिफारिसमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *