१६ चैत्र २०८०, शुक्रबार

कक्षा १० मा उत्कृष्ट अंक ल्याउने दुई विद्यार्थिलाई नरैनापुर गाउँपालिकाद्धारा ल्यापटप प्रदान

कक्षा १० मा उत्कृष्ट अंक ल्याउने दुई विद्यार्थिलाई नरैनापुर गाउँपालिकाद्धारा ल्यापटप प्रदान

समाचारदाता
नेपालगञ्ज, भदौ ३० । बाँकेको नरैनापुर गाउँपालिकाले २६ उत्कृष्ट विद्यार्थी तथा विद्यालयलाई सम्मान गरेको छ । नरैनापुर गाउँपालिकाले ५८औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर महेन्द्र माध्यमिक मटेहिया विद्यालयमा आयोजित कार्यक्रममा गाउँपालिका भित्रका कक्षा १० मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई सम्मान गरेको हो ।
सम्मानित हुने विद्यार्थीहरु मध्य दिक्षिणा यादव र पवन सिंह यादवले एसईईमा सर्र्बोत्कृष्ट अंक ल्याएर पास भएको भन्दै दुबै जनालाई ल्यापटप प्रदान गरिएको थियो भने अरु उत्कृष्ट विद्यार्थीहरुलाई नेपालको संविधान, कपी, झोला, प्रमाणपत्र र खादा लगाइएको थियो ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले विकास भनेको सडक निर्माण गर्नु मात्र नभएको बताउदै उनले शिक्षा र स्वास्थ्यमा सुधार गर्न सके सबै क्षेत्र क्रमिक रुपमा विकास हुदै जाने बताउनुभयो । उहाँले गाउँपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अगाडि बढाएको जनाउनुभयो ।

गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले उक्त सम्मानले भावी दिनमा शिक्षण सिकाइ क्रियाकलापलाई थप अगाडि बढाउन उर्जा प्रदान गर्ने उहाँको भनाइ थियो । सो अवसरमा गाउँपालिकाका शिक्षा अधिकृत कृष्ण प्रसाद थारु, वडा नं ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्य, वडा नं १ का अध्यक्ष इशहाक जोलाह, वडा नं २ का अध्यक्ष मसुद अहमद शाह, वडा नं ५ का अध्यक्ष कृष्ण मौर्य, वडा नं ४ का अध्यक्ष मनोज मिश्रा, जिन्सी शाखा प्रमुख भरत महतो, विपत शाखा प्रमुख लक्ष्मीकान्त मिश्रा, रोजगार शाखा प्रमुख मकबुल मुकेरी, कमल केसी लगायतले सम्मान प्राप्त विद्यार्थीलाई पुरस्कार तथा सम्मान प्रदान गरेका थिए ।
बाँकेको पूर्वी क्षेत्रमा रहेको सबै भन्दा विकट मानिएको नरैनापुरमा शिक्षा, स्वास्थ्य र यातायातको सबै भन्दा ठूलो समस्या रहेको थियो भने संघियतापछि निर्वाचित गाउँपालिकाले गरेका विकास निर्माणका कामले अहिले सो पालिका सुगम र विकसित बन्दै गएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *