१६ चैत्र २०८०, शुक्रबार

कमरुद्दीन राईद्धारा सरकारी मेडिकल कलेजदेखि ईन्जिनियरिंग कलेजसम्मका प्रतिवद्धता

कमरुद्दीन राईद्धारा सरकारी मेडिकल कलेजदेखि ईन्जिनियरिंग कलेजसम्मका प्रतिवद्धता

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ २१ । स्थानीय तहको आसन्न निर्वाचनमा नेपालगञ्ज उपमहानगरबाट जनता समाजवादी पार्टीका मेयरका उम्मेदवार कमरुद्दीन राईले आफु विजयपछि गर्ने केही महत्वपुर्ण कामहरु बारे नगरवासीलाई जानकारी गराउँदै विजयी बनाउन अपिल गर्नु भएको छ ।
सामाजिक सञ्जाल मार्फत मेयरका उम्मेदवार राईले गराउनु भएको जानकारी अनुसार भारतको उत्तरप्रदेशको राजधानी लखनउसंग नजिक रहेको र नेपालको लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशको गेट वे को रुपमा रहेको नेपालगञ्जलाई देशभरिमै उदाहरणीय सहर बनाउने प्रतिवद्धता गर्नु भएको छ ।
उहाँले नेपालगञ्ज सहरलाई नमुना बनाउनका लागि आर्थिक, शैक्षिक, भौतिक पुर्वाधार, स्वास्थ्य, शिक्षा, पर्यटन र सरसफाईको क्षेत्रमा विशेष ध्यान दिएर योजनाहरु बनाउने बताउनु भएको छ ।
मेयरका उम्मेदवार राईले भेरी अस्पताललाई शिक्षण अस्पताल र भेरी प्राविधिक शिक्षालयलाई ईन्जिनियरिंग कलेजका रुपमा विकास गरिने महत्वकाँक्षी योजना पनि अगाडी सार्नु भएको छ ।

यसका साथसाथै नेपालगञ्ज विमानस्थलको स्तरोन्नतीसंगै भारतीय सहर लखनउ र दिल्लीसंग हवाई सम्पर्क जोड्ने तथा नेपालका पनि पुर्वि क्षेत्र लगायत पहाडी क्षनेत्रमा समेत उडान विस्तारका लागि पहल गर्ने लक्ष्य आफुले लिएको उहाँले बताउनुभएको छ ।
बेरोजगारी अन्त गर्न रोजगारमुलक योजना अघि सार्नुका साथै यातायात व्यवस्थापन, अनाधिकृत रुपले कब्जा गरिएका सडक पेटि कब्जामुक्त बनाउने र रात्रीकालिन बजारको समेत व्यवस्थापन गर्ने प्रतिवद्धता जसपाबाट मेयरका उम्मेदवार राईले व्यक्त गर्नुभएको छ ।
विभिन्न विकास निर्माणका योजना बनाउँदा जनतासंगै विज्ञहरुको पनि सल्लाह सुझाव लिएर मात्रै बनाउने उहाँको योजना छ । उहाँले आफुले गरेका प्रतिवद्धता पुरा गर्न नसके राजनितिक जिवनबाट सधैंका लागि सन्यास लिने पनि बताउनु भएको छ ।
यीनै एजेण्डा र योजनाका साथ आफु निर्वाचनमा उत्रिएको जनाउँदै राईले विजयी गराउन सम्पुर्ण नगरवासीसंग हार्दिक अपिल पनि गर्नु भएको छ ।
गत स्थानीय तहको निर्वाचनमा पनि उहाँ उम्मेदवार रहनु भएको थियो । सो निर्वाचनमा पनि उहाँले राम्रो मत पाउनु भएको थियो भने गएकोे पाँच वर्षमा दिनरात नगरका जनताको सुखदुखमा उभिएको दावी गर्दै यस पटक विजयी हुनेमा आशावादी रहेको राईको भनाई छ ।
उम्मेदवार राईले सामाजिक सञ्जाल मार्फत गर्नु भएका प्रतिवद्धतालाई स्थानीय जनताले सरकारात्मक रुपमा लिएको प्रतिक्रिया दिएको पनि जनता समाजवादी पार्टी बाँकेले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *