१२ बैशाख २०८१, बुधबार

कर्णाली प्रदेशका तीन जना मन्त्री आज पदमुक्त हुने

कर्णाली प्रदेशका तीन जना मन्त्री आज पदमुक्त हुने

मुना हमाल
सुर्खेत, कात्तिक १५ गते । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्रीहरु आज पदमुक्त हुनु हुने भएको छ । उहाँहरु तीनै जना गैर सांसद भएकाले आजदेखि पदमुक्त हुन लाग्नु भएको हो ।
समाजबादी पार्टीका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अमर बहादुर थापा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही, र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा आज पदमुक्त हुँन लाग्नु भएको हो । उहाँहरु एमालेमै रहँदा फ्लोर क्रस गरेर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिए पछि सांसद पदबाट पदमुक्त हुनु भएको थियो ।
गैरसांसद छ महिना भन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्थाका अनुसार तीनै जना मन्त्रीहरु आज पदमुक्त हुन लाग्नु भएको हो । एमाले विभाजन भए पछि तीनै जना नेकपा ९एकिकृत समाजबादी० मा हुनुहुन्छ ।
समाजबादीकी सांसद देवी ओलिले रिक्त रहेको आफ्ना पार्टीका तीन जना मन्त्रीको पदमुक्त भए पनि सोही ठाउँमा फेरि तिनै जना पठाइने बताउनुभयो । अहिले कर्णाली प्रदेश सभामा समाजबादीका तीन जना सांसद छन् । सांसद देवी ओलीले तीन मन्त्रालय नछोड्ने बताउनुभयो ।( गोरखापत्र अनलाइनबाट)

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *