१६ चैत्र २०८०, शुक्रबार

काँग्रेस, एमाले र माओवादी असफल भैसके, देश विकास हामी गर्छौ– पुर्व प्रम भट्टराई

काँग्रेस, एमाले र माओवादी असफल भैसके, देश विकास हामी गर्छौ– पुर्व प्रम भट्टराई

सिराज खान
नेपालगञ्ज, १० मंसिर । पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीको संघयि परिषदका अध्यक्ष डा. बाबुराम भट्टराइले काँग्रेस, एमाले र माओवादी लगायतका दलहरु देश र जनताको अपेक्षा पुरा गर्न असफल भएको बताउनु भएको छ । उहाँले ती दलहरु देश निर्माणको साटो आफै भ्रष्टाचार, पदलोलुपता र अनैतिक कार्यमा लागेकोले अब उनिहरुबाट नेपाली जनताले कुने पनि आशा गर्न नसक्ने दावी गर्नुभयो ।
शुक्रवार नेपालगञ्जमा आयोजना गरिएको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै भट्टराइले आफुलाई ठुला र प्रमुख ठान्ने दलहरु देश निर्माणमा असफल भएकोले अब जनता समाजवादी पार्टी वैकल्पिक शक्ति बनेर उदाउने बताउनुभयो । उहाँले माओवादीले केही गर्छ कि भन्ने आशा जनतामा केही वर्ष पिहले पलाएको बताउँदै तर माओवादी पनि काँग्रेस र एमालेकै बाटोमा हिडेकोले सो पार्टीबाट पनि जनताको मोह भंग भैसकेको बताउनुभयो ।
विकास र समृद्धि ल्याउन भ्रष्टाचार रोक्नु अनिवार्य शर्त रहेको प्रष्ट पार्दै पुर्व प्रधानमन्त्री भट्टराइले सो र्कायमा समेत काँग्रेस, एमाले र माओवादी फेल भैसकेको दावी गर्नुभयो ।
उहाँले आफु प्रधानमन्त्री भएको बेला भ्रष्टाचार नियन्त्रण गरेर नेपालकै इतिहासमा सबैभन्दा बढी राजस्व संकलन गरेर देखाइदिएको जनाउँदै जसापाले मात्रै देश विकास गर्न सक्ने बताउनुभयो । जसपासंग मात्रै भ्रष्टाचार नियन्त्रण, गरिबी निवारण र विकास निर्माणको ठोस योजना र रोडम्याप रहेको ठोकुवा गर्दै नेता भट्टराईले अब जसपानै बैकल्पिक शक्ति बन्ने बताउनुभयो ।


आगामी निर्वाचनमा जसपा निर्णायक शक्ति बनेर उदाउने तथा केही वर्षमा जसपाकै नेतृत्वमा सरकार बन्ने आफुसंग ठोस कार्य योजना रहेकोले सोही बमोजिम हुने उहाँले बताउनुभयो ।
सो अवसरमा बोल्दै जनता समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले देशका सबै उत्पिडित र पिछडिएका वर्गलाई एकजुट पारेर तराई पहाड र हिमाललाई जोडेर जसपा भविष्यमा देशको ठुलो शक्ति बन्ने बताउनुभयो । पार्टी कार्यकर्तालाई आगामी निर्वाचनमा निकै मिहिनेत र अक्रामक तरिकाले खटिन निर्देशन समेत उहाँले दिनुभयो ।
उक्त अवसरमा जसपाका केन्द्रिय कार्यकारीणी सदस्य तथा पुर्व मन्त्री मोहम्मद ईश्तियाक राईले जनता समाजवादी पार्टी प्रति सम्पुर्ण वर्ग जात धर्म र क्षेत्रका जनताको आकर्षण बढ्दै गएको जनाउँदै अबको मुख्य शक्ति यही पार्टी हुने बताउनुभयो । उहाँले पार्टीका स्थानीय नेता कार्यकर्ताले हरेक जनताको घरदैलोमा गएर सुखदुख साट्नुका साथै संगठन निर्माणलाई पहिलो प्राथमिकतामा राख्नु पर्ने कुरामा जोड दिनु भयो ।
जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईको सभापतित्वमा सम्पन्न भएको सो कार्यक्रममा पुर्वमन्त्री तथा केन्द्रिय सदस्य दान बहादुर कुर्मी चौधरी, जसपा लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादव लगायतले पनि सम्बोधन गर्नु भएको थियो ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *