७ बैशाख २०८१, शुक्रबार

कारको ठक्करबाट दुई नाबालकसहित तीन जनाको मृत्यु

कारको ठक्करबाट दुई नाबालकसहित तीन जनाको मृत्यु

सिराज खान
नेपालगञ्ज, चैत २८ गते । नेपालञ्जको धम्बोझी र बीपीचोकको विचमा आइतवार राती बाटो हिंडीरहेकालाई धम्बोझीको तर्फबाट तिव्र गतिमा आइरहेको कारले ठक्कर दिंदा दुई नाबालकसहित तीन जनाको मृत्यु भएको छ ।
आइतवार राती ११ः४५ बजे प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको अत्याधिक तिव्र गतिमा आएको कारको ठक्करबाट सुर्खेतरोड नेपाल एअरलाइन्स अगाडी घरबारीटोल जाने मोड नजिकै बाटोको छेउमा हिंडीरहेका वडा नम्बर ११ सुनारमण्डी निवासी ६५ वर्षीया समिमा इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ६ वर्षका अलि अन्सारीको मृत्यु भएको बाँके प्रहरीले जानकारी दिएको छ ।
सडकको छेउमा हिडिरहेका ६ जना मध्ये तीनजनालाई कारले ठक्कर दिएको थियो । प्रहरीका अनुसार ठक्करबाट अलि अन्सारी उछिट्टीएर निकै टाढा खसेकाले उनको खोजीमा केही समय समेत लागेको थियो ।
कारले ठक्कर दिएलगत्तै गम्भीर घाइते भएका उनीहरुलाई त्यही कारमा राखेर चालकले नजिकैको नेपालगञ्ज मेडिकल कलजेको नर्सिङहोम पुर्याएका थिए ।
१५ मिनेट पछि नै अस्पतालले तीनैजनालाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । बाँके प्रहरीले कार र चालक इन्द्र बहादुर थापालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडी बढाएको छ । चालक थापाले मदिरा सेवन गरेको स्विकार गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि मृत्यु भएका मध्ये समिमा र उनका नाति कसिम एकै परिवारका हुन भने अलि समिमाको घरबेटी अस्लम अन्सारीको छोरा हुन् । दुबै परिवारका सदस्यहरु राती खाना खाएर डुल्न निस्केका थिए ।
सुनसान सडकमा पनि छेउमा हिडिरहेकालाई कारले ठक्कर दिएकोमा स्थानीय आक्रोशित भएका छन् । नेपालगञ्ज ११ का नईम ईद्रिसीले केही दिनयता मनपरि ढंगले गाडी र मोटरसाइकल चलाउने कार्य भैरहेपनि प्रहरी मुकदर्शक बनेको गुनासो गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
1
+1
3
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *