११ बैशाख २०८१, मंगलवार

किशोर किशोरीको सक्रियताले बर्दियामा ५५ वटा बालविवाह रोकिए

किशोर किशोरीको सक्रियताले बर्दियामा ५५ वटा बालविवाह रोकिए

सिराज खान
बर्दिया, मंसिर २४ । बर्दिया मधुवन नगरपालिका २ की सन्जु चौधरी ( नाम परिवर्तन ) को १४ वर्षकै उमेरमा हुन लागेको विवाह किशोरी सञ्जालमा आवद्ध किशोरीहरुले प्रहरी बोलाएरै रोक्न लगाए । उनिहरुले आफ्नै गाउँमा एक बालिकाको विवाह हुन थालेको सुचना पाएपछि प्रहरीको सहयोग लिएर सो विवाह रोक्न लगाएका हुन् ।
१४ वर्षिया चौधरीको विवाह रोकिएपछि अहिले उनि खुशी छन् । उनले आफ्नो अध्ययनलाई निरन्तरता दिएकी छन् । ‘पढेर केही बन्ने सपना बोकेकी थिए, तर घरकाले नै सानै उमेरमा विवाह गर्न खोजेकोमा विरोध गर्दा पनि केही लागेन । गाउँका अन्य किशोरीले थाहा पाएर मलाई जोगाए’– चौधरीले भनिन् ।
लुम्बिनी प्रदेशमै धेरै बालविवाह हुने जिल्ला मध्ये एक बर्दियामा सचेतना बढेपछि बालविवाह रोकिन थालेका छन् । सरकारी र गैर सरकारी विभिन्न निकायको सहकार्यमा सबै पालिकामा किशोर किशोरी सञ्जाल, संयुक्त सञ्जाल, प्रहरी र न्यायीक समिति सक्रिय भएपछि बालविवाह रोकिंन थालेका छन् ।
बर्दियामा ५५ वटा हुँदै गरेका बालविवाह किशोर किशोरी सञ्जाल र संयुक्त सञ्जालको पहलमा रोकिएको जनाईएको छ ।
जिल्लाका तिन वटा नगरपालिकामा सक्रिय रहेका किशोर किशोरी सञ्जाल र संयुक्त सञ्जालको पहलमा ५५ वटा बालविवाह रोकीएको हो । ठाकुरबाबा नगरपालिकामा १३ वटा, गुलरिया नगरपालिकामा १७ वटा र मधुवन नगरपालिकामा २५ वटा बालविवाह परामर्श गरी रोकिएको दलित महिला उत्थान संघ बर्दियाले जनाएको छ ।
दलित महिला उत्थान संघ बर्दियाका कार्यक्रम अधिकृत जिरा विकले बालविवाह रोकिएका बालवालिकाहरु हाल अधिकाश अध्ययनमा फर्किएको बताइन् । उनका अनुसार हरेकजसो विवाह घरमा पुगेर किशोर किशोरी सञ्जाल र संयुक्त सञ्जालमा आवद्धहरुले केटा र केटीको उमेर पत्ता लगाउने गरेका छन् ।
उमेर नपुगेको पाईए उनिहरुले पहिले अभिभावकलाई विवाह रोक्न सम्झाउने गरेको र नमानेमा प्रहरीको सहयोग लिएर विवाह रोक्ने गरेको कार्यक्रम अधिकृत विकले बताइन् ।
बर्दियामा बाँके युनेस्को क्लब र दलित महिला उत्थान संघले बालविवाह तथा चाँडै हुने विवाह न्यनीकरण र रोकथाम परियोजना सञ्चालन गरिरहेका छन् । ती परियोजना मार्फत विभिन्न प्रकारका सचेतना अभियान, कार्यक्रम, योजना बनाउनुका साथै निती र नियम पनि बनाउने कार्य भैरहेको छ ।


ती संघसंस्थाकै पहलमा गठन गरिएका किशोर किशोरी सञ्जाल र संयुक्त सञ्जाल जिल्लामा बालविवाह रोक्न सक्रिय रहेको बाँके युनेस्को क्लबका अध्यक्ष रवि कुमार तुलाधरको भनाई छ ।
उनका अनुसार वालविवाह र छिटो हुने विवाह रोक्नका लागि र सचेतनामुलक कार्यक्रम गर्न विभिन्न पालिकामा नगरस्तरीय, पालिकास्तरीय किशोर किशोरी सञ्जाल र संयुक्त सञ्जाल गठन गरीएको छ ।
गैर सरकारी संस्थाको सहयोगमा भैरहेको सेचतना अभियानले राम्रै परिणाम दिन थालेको जनाउँदै अहिले धेरै बालविवाह रोकिएको मधुवन नगरपालिकाका उपमेयर अनिता चौधरीले बताइन् ।
उनले अझैपनि धेरै अभिभावकमा कम उमेरमा छोरा छोरीको विवाह गर्न नहुने भन्ने चेतना नआएको जनाउँदै अझै समाजमा सचेतना बढाउनु पर्ने आवश्यकमा जोड दिईन् ।
हरेक वडामा सचेतना अभियान चलाउनु पर्ने देखिएको जनाउँदै त्यस्तो गरिए मात्रै बालविवाह रोक्न सकिने उपमेयर चौधरीले जनाइन् । उनले पहिले धेरै वालविवाह बारे जानकारी नै नहुने गर्दा रोक्न नसकिने अवस्था रहेकोमा हाल आएर समाजमा सक्रिय रहेका विभिन्न सञ्जालले गर्दा जानकारी हुने हुँदा रोक्न सहज भएको बताइन् ।
नेपालको कानूनले बालविवाहलाई दण्डनीय अपराधका रूपमा उल्लेख गरेको छ । मुलुकी ऐनमा विवाहका लागि २० वर्ष उमेर तोकिएको छ तर बालविवाह भने अझै रोकिएको छैन । सरकारले ‘बिहेवारी २० वर्षपारि’ भनेर निकै प्रचार प्रसार गर्दै आएको छ । बालविवाहलाई निरुत्साहित गर्ने विभिन्न नीतिहरु पनि बनाएको छ जसले गर्दा अहिले धेरै नागरिक यस विषयमा जानकार छन् । यी सबै कारणले बालविवाह कम पनि भएको छ तर रोकिएको भने छैन ।
लुम्बिनी प्रदेशमा यो आर्थिक वर्षको असार १५ सम्ममा बालविवाहसम्बन्धी १० वटा मुद्दा दर्ता भएका छन् । तीमध्ये बाँकेमा तीन, दाङमा दुई, कपिलवस्तुमा एक, रुपन्देहीमा एक, पाल्पामा दुई र गुल्मीमा एक मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । गत आवमा यो प्रदेशमा बालविवाहसम्बन्धी नौवटा मुद्दा दर्ता भएका थिए । तीमध्ये बाँकेमा दुई, बर्दियामा एक, दाङमा तीन, कपिलवस्तुमा एक तथा अर्घाखाँची र प्युठानमा एक÷एक मुद्दा दर्ता भएका थिए ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *