८ बैशाख २०८१, शनिबार

कुटपिटबाट गम्भीर घाइते भएका खजुरा ८ का साईको मृत्यु, तीन जना पक्राउ

कुटपिटबाट गम्भीर घाइते भएका खजुरा ८ का साईको मृत्यु, तीन जना पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगज, चैत १ । सामान्य विवादमा भएको कुटपिटबाट गम्भीर घाइते भै नेपालगञ्जस्थित मेडिकल कलेजको शिक्षण अस्पतालमा उपचार गराईरहेका खजुरा गाउँपालिका वडा नम्बर ८ का कलिम साईको मंगलवार मृत्यु भएको छ ।
मृतक साईका पिता सलिम साईका अनुसार फागुन २५ गते तास खेल्ने विषयमा भएको सामान्य विवादलाई लिएर २६ गते सोधपुछ गर्ने क्रममा आफ्नो छोरामाथि तिलक शाही, रतन शाही र नेत्र शाहीले भाटाले आक्रमण गर्दा टाउकोमा गम्भिर चोट लागेपछि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।
तर, उपचारकै क्रममा साईको स्वास्थ्य अवस्थामा सुधार नआई झन झन गम्भिर बन्दै गएपछि मंगलवार दिउँसो मृत्यु भएको शिक्षण अस्पतालले जनाएको छ ।
सामान्य विवादमा कुटपटि गरेर मानिसको ज्यान लिनेहरुलाई कडा भन्दा कडा कारवाही गर्न मृतकका आफन्त र स्थानीय बासिन्दाले प्रहरी प्रशासनसंग माग गरेका छन् ।
साईलाई आक्रमण गर्नेहरु तीनै जनालाई पक्राउ गरेर कारवाही अगाडी बढाई सकेको ईलाका प्रहरी कार्यालय धनौली खजुराका इन्चार्ज प्रहरी निरिक्षक बसन्त आचार्यले बताउनुभयो ।
उहाँले उनिहरुमाथि ज्यान मार्ने उद्योगमा मुद्दा चलाईसकेको अवस्थामा साईको मृत्यु भएपछि अब हत्याको मुद्दा चलाइने बताउनुभयो ।
दोषीहरुलाई कुनै पनि हालतमा छोड्न नहुने जनाउँदै दोषीलाई उम्काउन खोजिएमा कडा आन्दोलन गर्ने चेतावनी समेत स्थानीयले दिएका छन् ।
प्रहरीले दोषीलाई कुनै पनि हालतमा नछोड्ने जनाउँदै कडा सजाय दिलाउने आश्वासन दिएको पनि स्थानीयले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
2
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *