१५ चैत्र २०८०, बिहीबार

कुनैपनि माईका लालले आन्दोलनबाट प्राप्त उपलब्धीलाई समाप्त गर्न सक्दैन–पुर्वमन्त्री राई

कुनैपनि माईका लालले आन्दोलनबाट प्राप्त उपलब्धीलाई समाप्त गर्न सक्दैन–पुर्वमन्त्री राई

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर १६ । पुर्वमन्त्री तथा जनता समाजवादी पार्टीका केन्द्रिय नेता मोहम्मद ईश्तियाक राईले कुनै पनि माईका लालले ओन्दोलनबाट प्राप्त उपलब्क्धीहरुलाई समाप्त गर्न नसक्ने बताउनुभएको छ । उहाँले नागरिकता लगायतका विषय र अन्य उपलब्धीलाई समाप्त गर्ने षडयन्त्र भैरहेको जनाउँदै त्यस्तो कुनै पनि हालतमा हुन नदिने बताउनुभयो ।
जनता समाजवादी पार्टी बाँकेले शुक्रवार डुडुवाको कम्दीमा आयोजना गरेको धन्यवाद सभालाई सम्बोधन गर्दै उहाँले मधेश आन्दोलन र अन्य आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा र नागरिकता समस्या समाधानका लागि आफु सधैं जनताको साथमा र माझमा रहने बताउनुभयो । उहाँले थप्नुभयो–कसैले पनि संविधान र संविधानमा प्राप्त अधिकार समाप्त गर्ने षडयन्त्र गर्यो भने ईश्तियाक राईले कुनै पनि हालतमा त्यस्तो हुन दिनेछैन, चाहे त्यसका लागि जुनसुकै कदम किन चाल्न नपरोस ।
पुर्वमन्त्री राईले हालै सम्पन्न निर्वाचनमा बाँके क्षेत्र नम्बर २ का जनताले जिताउने गरि मतदान गरेपनि केही प्राविधिक कारण र चौतर्फी घेराबन्दीका कारणले आफु पराजित भएको बताउनुभयो । उहाँले निर्वाचनमा आफुलाई विश्वास गरेर मतदान गर्ने सबैलाई धन्यवाद दिंदै अविश्वास गरेर मतदान नगर्नेलाई विशेष धन्यवाद दिनुभयो ।


उहाँले अगाडी भन्नुभयो–मन्त्रीले निर्वाचनमा हारेपछि के गर्छन भनेर निकै चर्चा गरिएको छ । तर उनिहरुलाई थाहा छैन, मैले २०६४ मा निर्वाचन जितेर गए । २०७० मा निर्वाचनमा पराजित भएपनि जनताकै विचमा रहेर जनताको काम गरे, २०७४ मा फेरी जितेर गए । अहिले पराजित गराईएको छ, अब पनि जनताको विचमा रहेर अर्को निर्वाचनसम्म जनताको सेवा गर्नेछु । जनताका मुद्दाहरुबाट पहिले पनि पछाडी नहटेको र अहिले पनि पछाडी नहट्ने उहाँले बताउनुभयो ।
धर्म र सम्प्रदायको नाममा मतदान गर्नेहरु मतदान गरेर घरमा सुतिरहेको जनाउँदै जसपाका नेता राईले उनिहरुले न त खुलेर खुशी नै मनाउन सकेका छन् न त खुलेर विजय जुलुसमा जान सकेका छन् भन्नुभयो । अहिले उनिहरु मनमनै पछुताईरहेको पनि उहाँले बताउनुभयो ।
सो अवसरमा बाँके क्षेत्र नम्बर २ को प्रदेशससभा १ का सभासद भण्डारीलाल यादव, प्रदेशसभा २ का सभासद आदेश अग्रवालले पनि अत्याधिक मत दिएर जिताउने जनतालाई धन्यवाद दिनु भएको थियो ।
उक्त कार्यक्रममा प्रदेश समानुपातिकका उम्मेदवार अम्बिका काफ्ले, नेपालगञ्ज उपमहानगरका उपमेयर कमरुद्दीन राई र जसपा बाँकेका सचिव राजेन्द्र विश्वकर्मा लगायतले पनि पुर्वमन्त्री राईलाई चौतर्फी घेराबन्दी गरेर पराजित गर्नेहरुले विकास र समृद्धिलाई रोकेको बताएका थिए ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *