४ बैशाख २०८१, मंगलवार

कोइला बालेर सुत्दा निसासिएका तीनै जना होसमा आए

कोइला बालेर सुत्दा निसासिएका तीनै जना होसमा आए

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १५ । नेपालगन्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखाको क्वार्टरमा निसास्सिएर बेहोस भएका तीन जना होसमा आएका छन् । तीन वर्षीय दिवश भट्टराई, २४ वर्षीया सुशीला भट्टराई र १८ वर्षीय नरेन्द्र भट्टराई होसमा आउनुभएको हो ।
भेरी अस्पतालमा उपचाररत उनीहरू होसमा आएको उपचारमा संलग्न डा सुवास जिसीले जानकारी दिनुभयो ।
सानो बच्चा र आमा होसमा हुनुहुन्छ उहाँले भन्नुभयो–‘बच्चालाई झोल खुवाउने भनिएको छ । भाइलाई भने भेन्टिलेटरमै राखिएको छ ।’ होसमा आए पनि शरीरमा कार्बनमोनोअक्साइड रहेकाले भेन्टिलेटरमा राखेर वास गर्ने काम भइरहेको उहाँको भनाइ छ ।
राति कोइला बालेर सुतेपछि निसास्सिएर मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी कालिकोटको खाँडाचक्र नगरपालिका–६ का २३ वर्षीयका धनप्रसाद भट्टराई, उहाँका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र दिदी ४० वर्षीया नन्दकली भट्टराईको बिहीबार बिहान मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *