७ बैशाख २०८१, शुक्रबार

कोहलपुरबाट सौराहा घुम्न गएका यात्रु बोकेको बस दुर्घटना हुँदा ४६ यात्रु सामान्य घाइते

कोहलपुरबाट सौराहा घुम्न गएका यात्रु बोकेको बस दुर्घटना हुँदा ४६ यात्रु सामान्य घाइते

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २४ कात्तिक । कोहलपुरबाट सौराहा जाँदै गरेको बस नारायणगढको सडक छेउको घोलमा खसेर दुर्घटना हुँदा बसमा सवार ४६ जना सामान्य घाइते भएका छन् ।
सौराहा घुम्न गएका यात्रु बोकेको भे २ ख २८३६ नम्बरको रिजर्भ बस बुधबार बिहान करिब साढे ८ बजे पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ लायन्सचोकमा रहेको घोलमा खसेको थियो ।
बसका चालकसहित बसमा सवार ४६ जना यात्रु सामान्य घाइते भएको वडा प्रहरी कार्यालय नारायणगढका प्रमुख प्रहरी निरीक्षक रघुसिंह विष्टले जानकारी दिनुभएको छ ।
उहाँले बसभित्रबाट प्रहरीले उद्दार गरेका ४६ जना यात्रुको अवस्था सामान्य रहेको जनाउँदै दुर्घटनाका बारेमा बसका चालकसँग सोधपुछ गरिएको बताउनुभयो ।
प्रहरीका अनुसार चालक पनि सामान्य घाइते छन् । उनलाई च्यापिएको अवस्थामा प्रहरीले उद्दार गरेको थियो ।
बसका चालक रमेशकुमार कर्णले मादक पदार्थ सेवन गरेका कारण दुर्घटना भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *