७ बैशाख २०८१, शुक्रबार

कोहलपुरमा ट्याक्टरले मोटरसाईकल लाई ठक्कर दिदाँ एकको मृत्यु

कोहलपुरमा ट्याक्टरले मोटरसाईकल लाई ठक्कर दिदाँ एकको मृत्यु

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ३ । बाँकेको कोहलपुरमा ट्याक्टरले मोटरसाईकललाई ठक्कर दिदाँ शनिवार दिउँसो एक जनाको मृत्यु भएको छ भने अर्को एक जना गम्भीर घाईते भएका छन् ।
कोहलपुर– २ सालको बुँटामा भे २ त ९३९ नम्बरको ट्याक्टरले भे ७ प ५४४६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
ओभरटेक गर्ने क्रममा ट्याक्टरले ठक्कर दिदाँ मोटरसाइकल चालक बैजनाथ गाउँपालिका– ४ का ४० वर्षीय रेशम डाँगीको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।
दुर्घटनामा परेर मोटरसाइकलमा सवार सोही ठाउँका ३२ वर्षीय सुरेन्द्र ओली गम्भीर घाइते भएका छन् । ठक्कर दिने ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी ऐन बहादुर मल्लले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
5
+1
11
+1
6

Leave a Reply

Your email address will not be published. Required fields are marked *