१६ चैत्र २०८०, शुक्रबार

कोहलपुरमा रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए गडरिया दम्पत्ति

कोहलपुरमा रहस्यमय तरिकाले मृत अवस्थामा भेटिए गडरिया दम्पत्ति

नेपालगञ्ज, साउन १० । बाँकेको कोहलपुर नगरपालिका–१४ पार्वतीपुरमा मंगलबार बिहान रहस्यमय अवस्थामा दम्पतीको शव फेला परेको छ । स्थानीय २२ वर्षिय कृष्ण गडरिया र उहाँकी पत्नी २० वर्षिया मञ्जु गडरिया घरभित्रै मृत अवस्थामा भेटिएको कोहलपुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।
कोहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी ऐन बहादुर मल्लले रगताम्य भएको कोठामा गडरिया पति पत्निको शवसंगै चुँडिएको डोरी फेला परेको बताउनुभयो ।
मन्जु गडरियाको घाँटीमा डोरीको दाग देखिएपनि डोरी चुँडिएको अवस्थामा फेला परेको जनाउँदै इप्रका कोहलपुरका प्रमुख डीएसपी मल्लले मृतक कृष्णको भने दाँया हातमा गहिरो चोट देखिएको बताउनुभयो ।

घटनास्थलको प्रकृति हेर्दा त्यहाँ संघर्ष र हातपात भएको देखिएको र ठोक्कीएको जस्तो देखिएको घाउबाटै रगत बगेर कोठा रगताम्य भएको पाईएको मल्लको भनाई छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा श्रीमतीको हत्या गरेर कृष्णले आफुले आत्महत्या गरेको हुन सक्ने आशंका गरिएको छ । तर, संघर्ष धेरै भएको देखिएकोले दुबैको हत्या भएको हुनसक्ने कोणबाट पनि अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
शरिरमा कुनै प्रकारको दाग नदेखिएकाले घटनाको अनुसन्धान गहिरिएर शुरु गरिएको डीएसपी मल्लले बताउनुभयो ।
स्थानीयले चोरहरुले दुबैको हत्या गरेर धनमाल चोरेको आशंका गरेपनि घरबाट कुनै सामान चोरी भएको अवस्था नदेखिएको प्रहरीको भनाई छ ।
शवलाई पोष्टमार्टमका लागि भेरी अस्पताल पठाईएको र पोष्टमार्टमपछि मात्रै हत्या वा आत्महत्या के हो सो बारेमा पत्ता लाग्ने इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । ( गोरखापत्र अनलाइनबाट साभार )

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *