१६ चैत्र २०८०, शुक्रबार

कोहलपुर १४ नम्बर वडा कार्यालयद्धारा एम्बुलेन्सका लागि देउसी भैलो टोलीलाई एक लाख सहयोग

कोहलपुर १४ नम्बर वडा कार्यालयद्धारा एम्बुलेन्सका लागि देउसी भैलो टोलीलाई एक लाख सहयोग

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १९ कात्तिक । कोहलपुर नगरपालिका वडा नम्बर १४ का युवाले देउसी र भैलोबाट उठेको रकम सामाजिक कार्यमा खर्च गर्ने निर्णय गरेर देउसी भैलो खेलिरहेका छन् ।
समाज सेवा संस्था नेपालले आफनो नेपाली संस्कृति जगेर्ण गर्दै एम्बुलेन्सका लागि देउसी भैलो खेलेको जनाएको छ । पहिलो दिन लक्ष्मी पुजाको अवसर पारेर कोहलपुर नगरपालिका वडा नं १४ वडा कार्यालयबाट आफनो देउसी भैलो कार्यक्रम शुरु गरेका उनिहरुले यस पटक एम्बुलेन्सका लागि भैलो खेलिरहेको जनाएका छन् ।
सो देउसी भैलो कार्यक्रम वडा नं १४ का वडा अध्यक्ष टेक चन्द्र हरिजनले ब्यानर वाचन गरि उदघाटन गर्नु भएको थियो । उद्घाटन गर्नु हुदै हरिजनले सामाजिक कार्यमा सदैव लागि रहन शुभकामना ब्यक्त गर्नुभयो र एम्बुलेन्स खरिद गर्नको लागि भैली टिमलाई वडा कार्यालयबाट १ लाख रुपियाँ दिने घोषणा समेत गर्नुभएको छ । संस्थाका सल्लाहकार मन बहादुर गुरुङ्गले सामाजिक सेवामा निरन्तर अगाडि बढ्न सल्लाह दिनुभयो ।
संस्थाको पाचौ अधिवेशनमा सो संस्थाले घाटिको क्यान्सर पीडित मोतिलाल परियारलाई ६० हजार बढी आर्थिक सहयोग हस्तान्तरण पनि गरि सकेको छ । संस्थाले बाँके जिल्लामा सचेतनामुलक कार्यक्रम सन्चालन गर्दै आईरहेको संस्थाका अध्यक्ष बिनोद थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *