१३ बैशाख २०८१, बिहीबार

क्यासिनोमा जुवा खेल्नकै लागि भारतीय आधार कार्ड बनाउँदै नेपाली नागरिक

क्यासिनोमा जुवा खेल्नकै लागि भारतीय आधार कार्ड बनाउँदै नेपाली नागरिक

सिराज खान
नेपालगञ्ज, मङ्सिर २१ । नेपालगञ्जका मेयर धवल शमसेर राणाले सहरलाई क्यासिनो सिटी बनाउने घोषणा गर्दै हिंडेका छन् । उनले प्राय हरेक जसो कार्यक्रममा नेपालगन्जलाई क्यासिनो सिटि बनाउनुपर्ने र भारतीय पर्यटकलाई बढी भन्दा बढी आकर्षण गर्ने कुरा बारम्बार दोहोरयाउने गरेका छन् ।
स्थानीय सरकारले गरेको सो घोषणाबाट प्रभावित र आकर्षित भएर होला सहरका विभिन्न चर्चित होटलमा क्यासिनो खुल्ने क्रम बढ्दै गएको छ । हाल नेपालगञ्जमा आधा दर्जन भन्दा बढी क्यासिनो सञ्चालनमा छन् ।
क्यासिनो भनेको जुवा खेलेर आफ्नो सर्वस्व गुमाउने लाइसेन्स प्राप्त आधिकारिक ठाउँ हो । त्यसैले होला नेपाल सरकारले धेरै पहिले देखि क्यासिनो सञ्चालन गर्ने अनुमति दिनुका साथै त्यसमा नेपालीको प्रवेशलाई प्रतिबन्ध लगाएको छ ।
तर, सरकारले लगाएको सो प्रतिवन्धको पुर्ण पालना क्यासिनो सञ्चालकहरुले गरेको पाइदैन । यसअघि संघीय राजधानी काठमाण्डौमा रहेका क्यासिनोहरुमा समेत मधेश क्षेत्रका धेरै बासिन्दाले आफुलाई भारतीय नागरिक बताएर क्यासिनोमा छिर्ने गरेका थिए भने कतिपय नेपाली नागरिकलाई जानी जानी क्यासिनो व्यवस्थापनले छिराउने गरेको थियो ।


नेपालगन्जमा रहेका क्यासिनोमा पनि सोही कार्य तिव्र रुपमा भैरहेको जनगुनासो अहिले व्यापक रुपमा उठ्न थालेको छ । भारतीय पर्यटकलाई जुवा खेल्न बोलाउने नाममा खोलिएका विभिन्न क्यासिनोमा नेपालीहरुको पनि राम्रै प्रवेश हुने गरेको गुनासो बाहिर आएको छ ।
यसरी नेपाली नागरिकको समेत क्यासिनो प्रवेशमा प्रहरीले आँखा चिम्लिने गरेको धेरैको गुनासो छ । तर, प्रहरीले भने सो आरोपलाई असत्य बताएर निगरानी निरन्तर रहेको जनाएको छ । बाँकेका प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले प्रहरीले बेला बेलामा अनुगमन गर्ने गरेको र नेपाली भेटिएमा कारवाही समेत गर्ने गरेको बताउनुभयो । उहाँले हरेक दिन त्यहाँ गस्ती गर्न सम्भव नभएको जनाउँदै यो विषयमा क्यासिनो सञ्चालकले ध्यान दिनुपर्ने बताउनुभयो ।
भारतीय सीमानासंग जोडिएको बाँके र बर्दियाका कतिपय नागरिकले त क्यासिनोमा जानकै लागि मात्रै भारतीय आधारकार्ड समेत बनाएको पाईएको प्रहरीले नै जनाएको छ । भारतीय आधारकार्डसहित क्यासिनोमा नेपाली भेटिएपछि सो कुराको पुष्टि भएको बाँकेका प्रहरी प्रवक्ता डीएसपी न्यौपानेले बताउनुभयो । प्रहरीको यो भनाईले गर्दा धेरै नेपाली भारतीय परिचयपत्रको आधारमा क्यासिनोमा जाने गरेको पुष्टि गरेको छ ।
सीमाना वारि र पारी बस्ने धेरै नेपालीले भारतीय आधार कार्ड र धेरै भारतीयले नेपाली नागरिकता दुबै बनाएकोले उनिहरुलाई दुबै देशमा धेरै गतिविधि गर्न सहज हुने गरेको छ । यसमा स्थानीय प्रशासन र प्रहरीले निगरानी र कारवाही गर्न सकेको छैन ।
सो बारेमा क्यासिनो सञ्चालकहरुसंग प्रतिक्रिया माग्दा अधिकांशले सो आरोप गलत भएको बताउँदै आवश्यक कागजपत्र हेरेर भारतीय नागरिकलाई मात्र प्रवेश गर्न दिईएको दावी गरेका छन् । उनिहरुले जति बेला मन पर्छ त्यति बेला अनुगमन गर्न चुनौती समेत दिएका छन् ।
जुवाका अड्डा खोलेर वा यस्तै अन्य विकृति भएका कामहरु गरेर भारतीय वा विदेशी पर्यटक तान्नु भन्दा नेपालको प्राकृतिक सुन्दरता र धार्मिक महत्वका ठाउँहरुको प्रचार प्रसार गरेर पर्यटक तान्दा देश र जनताका लागि हितकर हुने अधिकांश नागरिकको धारणा छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *