८ बैशाख २०८१, शनिबार

खजुराका सुन व्यवसायीलाई बन्धक बनाएर लुटपाट गरियो

खजुराका सुन व्यवसायीलाई बन्धक बनाएर लुटपाट गरियो

नेपालगञ्ज, माघ १७ । खजुरा गाउँपालिका वडा नम्बर ४ डी गाउँका हरिबहादुर सुनार र उनका परिवारलाई बन्धक बनाएर डकैटी भएको छ । उनी सुन व्यवसायी हुन । हातहतियारसहित पुगेको डाँका समूहले सोमबार बिहान ढेड बजे घरको पछाडिको जाली ढोका र भित्री ढोका फुटाएर घरमा प्रवेश गरेको थियो । पीडित सुनारका अनुसार डाँका समूहले पहिले उनका छोरा, छोराका साथीको हात खुट्टा बाँधेर कन्चतमा पेस्तोल ताकेका थिए । छोरालाई गोली हान्ने धम्की दिएपछि पीडित सुनारले आफू सुतेको ढोका खोलेका थिए । त्यसलगत्तै मलाई पनि हात खुट्टा बाँधेर लुटपाट गरे, उनले भने, दराज, पलंगको बक्स, फुटाएर ३ तोला सुन, ३ वटा मोबाईल, मोटर साईकल र नगद करिव ६० हजार लुटपाट गरेर बाहिरबाट ढोका लगाएर भागे ।
बन्धक बनाइएका सुनारका परिवारले घटनाको केही समय पछि गुहार मागेपछि छिमेकीहरु त्यहाँ पुगेर बन्धकमुक्त गरेका थिए । त्यसपछि मात्रै प्रहरीलाई खबर गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन शर्माले डाँका समूहको खोजिभइरहेको बताए । उनले घटनामा संलग्न व्यक्तिहरुको पहिचान छिटै हुने दाबी गरे । सोमबार बिहान खजुरामा गरिएको डकैटी शैलीमा केही महिना अघि बर्दियाको बढैयाताल गाउँपालिका सितला बजारको एक व्यवसायीको घरमा डाँका भएको थियो । (दस्तावेज डटकमबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *