१६ चैत्र २०८०, शुक्रबार

खजुराकी महिलामाथि दुव्र्यवहार गर्ने तीन जना सुर्खेतमा पक्राउ

खजुराकी महिलामाथि दुव्र्यवहार गर्ने तीन जना सुर्खेतमा पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ७ पुस । बांके खजुराकी महिलामाथी दुर्व्यवहार गर्ने ३ जना सुर्खेतमा पक्राउ परेका छन । बाँके खजुरा निवासी १ जना महिलामाथि दुर्व्यवहार गरेको आरोपमा वीरेन्द्रनगर नगरपालिका वडानम्बर ११ का ६६ वर्षीय भुपेन्द्र ज्ञवाली, वडा नम्बर ७ का ३९ बर्षीय भक्ति ज्ञवाली र बराहताल गाउँपालिका वडा नं ८ को १९ वर्षिय मिलन ज्ञवालीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक कनक बहादुर शाही जानकारी दिनुभयो ।
पक्राउ परेकाहरुमाथि थप अनुसन्धान गर्न अदालतबाट अनुमति समेत लिइसकेको प्रहरी निरीक्षक शाहीले बताउनुभयो । पिडित पक्षले भने अहिले सम्म उजुरी नदिएको उहाँले बताउनुभयो ।
निरिक्षक शाहीका अनुसार पिडित महिला पुस ४ आफ्नो कुल पुजा मान्न माइती घर आएको समयमा धामी पुजारीहरुले उनीमाथि कुटपिट र दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि त्यसैको आधारमा खोजतास गरी सामाजिक अपराध गरेको आरोपमा उनिहरुलाई पक्राउ गरिएको हो ।
सोमबार साँझ फेसबुकमा सार्वजनिक भएको ५ मिनेट १८ सेकेन्डको एक भिडियोमा केही पुरुषले आफूलाई ‘भगवानको अवतारका रुपमा प्रस्तुत गर्दै एक महिलामाथि कुटपिट र दुर्व्यवहार गरेका थिए भने ती महिला काँपिरहेको देखिन्छ ।
उनलाई नराम्रो आत्माबाट बचाएको भन्दै पुरुषहरुले कुटपिट र दुव्र्यवहार गरेको उक्त भिडियो भाइरल भएपछी प्रहरीले एक्सन लिएर घट्नामा संलग्नलाई पक्राउ गरेको हो ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *