१६ चैत्र २०८०, शुक्रबार

खजुरामा लागु औषध विरुद्धको सचेतनामुलक अभियान शुरु

खजुरामा लागु औषध विरुद्धको सचेतनामुलक अभियान शुरु

समाचारदाता
नेपालगन्ज्, भदौ ७ । खजुरामा लागु औषध दुब्र्यशन विरुद्धको अभियान स्वरुप बृहत सचेतनामुलक कार्यक्रमको सुरुवात गरिएको छ । लियो क्लव अफ नेपालगन्ज खजुराको आयोजनामा सुरु भएको कार्यक्रमको मंगलवार एक समारोहका विच उद्घाटन गरिएको छ ।
खजुराका १६ वटा विद्यालयमा सचेतनामुलक कार्यक्रम संचालन गर्न अभियानको सुरुवात मंगलवार जेनिथ माविबाट गरिएको कार्यक्रमका संयोजक लियो अपेक्षा श्रेष्ठले जानकारी दिइन् ।
उद्घाटन कार्यक्रममा बोल्दै खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर विकले लागु औषध दुब्र्यशन न्युनिकरणमा सबै सरोकारवालाले चासो बढाउनुपर्नेमा जोड दिए । लागु औषधका कारण समुदायमा नकरात्मक सन्देश प्रवाहहुने हुदाँ यसलाई न्युनिकरण गर्न सबैले सक्रिय भुमिका निभाउनुपर्नेमा जोड दिए ।
खजुरा गाउँपालिका वडा नम्बर ३ का अध्यक्ष पुर्ण बहादुर भण्डारीले युवालाई लागु औषध बाट टाढै राख्न आवश्यक रहेको उल्लेख गरे । इलाका प्रहरी कार्यालय धनौली खजुराका प्रमुख प्रेम प्रसाद रेग्मीले लागु औषधको प्रयोगकर्ता बढिरहेको सुनियपनि त्यसको पुष्टी धेरै नहुने र लुकिछिपि प्रयोग गर्ने भएकाले यसतर्फ अभिभावकको निगरानी महत्वपुर्ण हुने बताए ।
समुदाय प्रहरी सेवा केन्द्र बाँकेका अध्यक्ष दिपेन्द्र कुमार जोसीले खजुरामा यस किसिमको अभियानले सकारात्कम प्रभाव पार्ने बताए । कार्यक्रम सामुदायिक प्रहरी सेवा केन्द्र नेपापलगन्ज, इलका प्रहरी कार्यालय धनौली खजुरा, लागु औषध विरुद्ध नि शुल्क परामर्श केन्द्र नेपालगन्ज, खजुरा गाउँपालिकाको कार्यलयहरुले बृहत सचेतनामुलक कार्यक्रममा सहकार्य गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *