१६ चैत्र २०८०, शुक्रबार

खजुरामा विपन्नका लागि १६ वटा घर निर्माँण गरि हस्तान्तरण गरियो

खजुरामा विपन्नका लागि १६ वटा घर निर्माँण गरि हस्तान्तरण गरियो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ १४ । बाँकेको खजुरा गाउँपालिकाले विपन्न परिवारका लागि सामुहिक आवास निर्माण गरेकोछ । तराई–मधेस समृद्धि कार्यक्रम अन्तर्गत घरबास र जग्गाविहीन विपन्न परिवारका लागि खजुराले सामुहिक आवास निर्माण गरेको जनाएको छ ।
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री तथा नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले शुक्रबार एक समारोहकाबीच उक्त सामुहिक आवासको उद्घाटन गर्नुभयो । खजुरा गाउँपालिका वडा नम्बर–३ बि–बोरिङमा निर्माण गरिएको सामुहिक आवासमा १६ वटा घर निर्माण गरिएको छ । यसैगरी ५ वटा घर निर्माणाधीन अवस्थामा रहेकाछन् ।

निर्माण सम्पन्न भएका घरमा गाउँपालिकाले आव्हान गरेको सूचनाअनुसार प्राप्त निवेदनमार्फत विपन्न ब्यक्तिहरु पहिचान गरी घर उलब्ध गराइएको गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।
करिब एक करोड रुपैयाँको लागतमा शौचालय, खानेपानी, विद्युतलगायत न्यूनतम आधारभूत आवश्यकता परिपूर्ती हुनेगरी आवास निर्माण गरिएको उहाँले बताउनुभयो । अध्यक्ष कक्षपतिले यो योजनाबाट १६ परिवार लाभान्वित भएको र बाँकी ५ परिवार पनि केही दिनपछि लाभान्वित हुने बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *