७ बैशाख २०८१, शुक्रबार

खजुरामा विभिन्न पार्टी परित्याग गरेर ३४३ जना जसपामा प्रवेश

खजुरामा विभिन्न पार्टी परित्याग गरेर ३४३ जना जसपामा प्रवेश

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २७ कात्तिक । बाँकेको खजुरा वडा नम्बर ७ मा बिभिन्न पार्टी परित्याग गरेर ३४३ जना जनता समाजवादी पार्टीमा प्रवेश गरेको जनता समाजवादी पार्टीले जनाएको छ ।
जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले दिनु भएको जानकारी अनुसार शनिवार खजुरा वडा नम्बर ७ मा आयोजना गरिएको एक कार्यक्रममा सो क्षेत्रका ३४३ जना महत्वपुर्ण व्यक्तित्व र युवाले अन्य पार्टी परित्याग गरेर जसपामा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुलाई कार्यक्रमका प्रमुख अतिथि पार्टीका केन्द्रिय कार्यकारिणी सदस्य, पुर्व मन्त्री एवं बाँके क्षेत्र नम्बर २ का सांसद मोहम्मद ईश्तियाक राईले पार्टीको सदस्यता प्रदान गर्नु भयो ।

सो अवसरमा बोल्दै उहाँले समग्र बाँकेको विकास र उत्थानका लागि सबैले जनता समाजवादी पार्टीलाई नै रोज्न थालेको बताउनुभयो । उहाँले मधेशी, मुस्लिम, जनजाती र पिछडिएका सबै वर्गको उत्थान जसपाले मात्रै गर्न सक्ने दावी समेत गर्नुभयो । पार्टीप्रति जिल्ला भरिका जनतामा देखिएको आकर्षणले आफुहरु निकै उत्साहित भएको पनि सो अवसरमा पुर्व मन्त्री राईले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

सो अवसरमा पार्टीका केन्द्रिय सदस्य अजय श्रीवास्तव, हिक्मत बिक, लुम्बिनी प्रदेश कोषाध्यक्ष अम्बिका काफ्ले, सदस्य बेबी तबस्सुम अन्सारी, जिल्ला अध्यक्ष कमरुद्दीन राई, उपाध्यक्ष राजन राना मगर, क्षेत्र न ३ का अध्यक्ष राजीव बर्मा, जसपा नेता सफीक सिद्दीकी, इसाक खान लगायतले मन्तब्य राख्नु भएको थियो ।
कार्यक्रम जसपा खजुरा गांउपालिका अध्यक्ष बलराम यादवको सभापतित्वमा सम्पन्न भएको जसपा बाँकेका सचिव राजेन्द्र विश्वकर्माले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *