८ बैशाख २०८१, शनिबार

खजुरामा स्थापना हुने प्रदेश विश्वबिद्यालय अन्य जिल्लामा लैजाने तयारीको व्यापक विरोध

खजुरामा स्थापना हुने प्रदेश विश्वबिद्यालय अन्य जिल्लामा लैजाने तयारीको व्यापक विरोध

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १६ फागुन । लुम्बिनी प्रदेश योजना आयोगले प्रदेश सरकारले बाँकेको खजुरामा स्थापना गर्ने घोषणा गरेको प्रदेश विश्व बिद्यालय खजुराबाट अन्यत्र सार्ने तयारी अगाडी बढाएको छ ।
बाँकेको खजुरामा स्थापना गर्ने गरि पूर्ववर्ती सरकारका शिक्षा मन्त्री सुदर्शन बरालले स्थलगत अवलोकन र मन्त्रिपरिषदले निर्णय समेत गरिसकेको अवस्थामा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले खजुराबाट अन्यत्र सार्ने तयारी गरिएको खुलासा गरेपछि सो को बाँकेमा व्यापक विरोध गरिएको छ ।
विश्वबिद्यालय स्थापनका लागि खजुरा गाँउपालिकाबाट १०० बिगाहा जग्गा कित्ताकाट गरि विश्वबिद्यालयका लागि सिफारिस गरिसकेको अवस्थामा विश्व बिद्यालय अन्यत्र सारिए आन्दोलनको आधिवेरि सिर्जना गरिने खजुरा गाँउपालिकाका अध्यक्ष किस्मत कुमार कक्षपतिले चेतावनी दिनुभएको छ । जग्गा हस्तान्तरणका लागि गाँउसभाबाट समेत अनुमोदन भइसकेको र सरकारले पूर्वाधारको सम्भाब्यता अध्ययन गरिसकेको स्थानलाई अनुपयुक्त भनिनु गलत भएको उहाँले बताउनुभयो । उहाँले यो कुनैपनि हालतमा गर्न नदिने बताउनुभयो ।
सोही प्रकारले प्रदेशसभाबाट पास भएको सरकारको कार्यक्रममा खजुरामा प्रदेश विश्व बिद्यालय स्थापना गर्ने घोषणालाई योजना आयोगले परिवर्तन गर्न नमिल्ने बाँकेकी प्रदेशसभा सदस्य कृष्णा केसी(नमुना)ले पनि बताउनुभएको छ । उहाँले यो निर्णय आयोगले होइन सरकारले गर्नुपर्ने बताउनुभयो ।
यसैगरि बाँकेका अधिकांश बुद्धिजिवी र राजनैतिक अगुवाहरुले आयोगको सो तयारीको कडा शब्दमा विरोध गर्दै त्यस्तो नगर्न चेतावनी दिएका छन् ।
प्रदेश योजना आयोगले आफ्नो कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न सोमबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष क्षेत्रीले खजुरामा विश्वबिद्यालय राख्न अनुपयुक्त देखिएकाले दाङको बंगलाचुली वा कपिलवस्तुको बहादुरगन्जमा राख्ने गरि तयारी गरिएको खुलासा गर्नुभयो । उहाँले नयाँ करिकुलम र सोँचकासाथ विश्वबिद्यालय संचालन गर्ने प्रदेश सरकारले योजना बनाइरहेको भन्दै विश्वबिद्यालय ऐन र नियमावली बनिसकेको जानकारी दिनुभयो ।
पूर्ववर्ती सरकारले आफ्नो नीति तथा कार्यक्रम मार्फत नै बाँकेको खजुरामा प्रदेश विश्व बिद्यालय स्थापना गर्ने घोषणा गर्दै बजेट बिनियोजन समेत गरेको थियो । पहिलो वर्ष ३ करोड र पछिल्लो वर्ष ७ करोड बजेट बिनियोजन गरिएपनि विश्वबिद्यालय ऐनको अभावमा सो बजेट फ्रिज भएको थियो । चालु आर्थिक वर्षमा पनि प्रदेश विश्व बिद्यालयका लागि १० करोड बजेट छुट्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *