१६ चैत्र २०८०, शुक्रबार

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत यौन दुव्र्यवहारको आरोपमा पक्राउ

खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृत यौन दुव्र्यवहारको आरोपमा पक्राउ

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २२ । यौन दुर्व्यवहार गरेको आरोपमा बाँकेको खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिराम खराल र लेखा अधिकृत प्रदिप सुनारलाई आफ्नै कार्यालयका कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछिपक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले यौन दुर्व्यवहार गरेको आरोपमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतलाई बुधबार नियन्त्रणमा लिइएको जनाउँदै दुबै आरोपीलाई ईलाका प्रहरी कार्यालय खजुरा धनौलीमा राखिएको बताउनुभयो ।
उक्त गाउँपालिकाका कर्मचारीहरु गत शुक्रबार कैलालीको टिकापुर वनभोजका लागि गएका थिए। अधिकांश कर्मचारीहरु मदिराले लठ्ठ परेका थिए। वनभोज गएको समयमा आफूमाथि प्रमुख प्रशासकीय अधिकृत र लेखा अधिकृतले यौन दुर्व्यवहार गरेको पीडितले बताएकी छन्,’ डीएसपी न्यौपानेले भन्नुभयो, ‘पीडितले प्रहरीलाई उजुरी गरिसकेपछि दुबै जनालाई नियन्त्रणमा राखेका छौं।’
स्रोतका अनुसार ति पीडित महिलालाई जाहेरी नदिन तिब्र दवाव र धम्की दिइएको छ। घटनालाई मिलाउन जनप्रतिनिधिदेखि कर्मचारीका नेता समेत सक्रिय भइरहेको जनाईएको छ । खजुरा गाउँपालिकाका कर्मचारीले दिएको जानकारी अनुसार पीडित महिला सामान्य परिवारकी हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
16
+1
1
+1
6
+1
8

Leave a Reply

Your email address will not be published. Required fields are marked *