६ बैशाख २०८१, बिहीबार

खजुरा गाउँपालिकाको पहिलो बैठकबाट वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण लगायतका जनमुखि निर्णय

खजुरा गाउँपालिकाको पहिलो बैठकबाट वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण लगायतका जनमुखि निर्णय

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ १० । खजुरा गाँउपालिकाको पहिलो बैठकले पालिकाले वितरण गर्दै आएको सामाजिक सुरक्षा भत्ता वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गरेको छ । सो बैठले पालिकाबाट बुझ्दै आएको सामाजिक सुरक्षा भत्ता बेंकहरुको समन्वयमा वडा कार्यालयबाटै वितरण गर्ने निर्णय गरेको खजुराका नवनिर्वाचित अध्यक्ष डम्बर विक तुफानले बताउनुभयो ।
बैठकले दिर्घरोगी र जेष्ठ नागरिकहरुको स्वास्थ्य परिक्षण निशुल्क र घरघरमै पुगेर गर्ने निर्णय गरेको पनि उहाँले जानकारी दिनुभयो । अध्यक्ष तुफानका अनुसार बैठकले खजुरामा अभिभावक बिहिन बालबालिकाको पहिचान गर्ने र गाँउपालिकाले उनीहरुको अभिभावकत्व ग्रहण गर्ने पनि निर्णय गरेको छ । शहरिकण बढेसँगै गाँउपालिकामा फोहोर व्यवस्थापनको समस्या देखिन थालेको भन्दै बैठकले गाउँपालिकाका प्रवक्ता धनिराम ओलीको संयोजकत्वमा फोहर व्यवस्थापनका लागि ल्याण्डफिल साईडको जग्गा खोजि गर्न समिति समेत गठन गरेको छ ।
सोही पहिलो बैठकले वडा नम्बर २ का वडा अध्यक्ष धनिराम ओलीलाई गाँउपालिकाको प्रवक्तामा नियुक्त गरेको छ । स्थानीय तह निर्वाचनमा एमालेका सुमन मल्ललाई हराउँदै १०७९० मतका साथ गठबन्धनबाट माओवादीका उम्मेदवार डम्बर विक तुफान अध्यक्षमा र १००३४ मत सहित कांग्रेस उम्मेदवार मन्जु मल्ल उपाध्यक्षमा विजयी भएपछि पालिकाको पहिलो बैठक सोमबार बसेको थियो ।
नवनिर्वाचित अध्यक्ष तुफानले यी निर्णयसंगै घोषणापत्रमा उल्लेख भएका सबै बुँदाहरुलाई क्रमशः पुरा गर्दै लगिने पनि जानकारी गराउनु भएको छ । उहाँले विकास निर्माण र सेवा सुविधामा कुनैपनि भेदभाव नगरिने तथा राजनितिक विचारधारा भन्दा माथि उठेर जनताको सेवा गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3

Leave a Reply

Your email address will not be published. Required fields are marked *