७ बैशाख २०८१, शुक्रबार

गत तीनदिनदेखि दैनिक बाँकेका एक संक्रमितको मृत्यु

गत तीनदिनदेखि दैनिक बाँकेका एक संक्रमितको मृत्यु

सिराज खान
नेपालगञ्ज, मङ्सिर १२ गते । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका बाँके जिल्लाका संक्रमितमध्ये लगातार तेस्रो दिन पनि एक जनाको मृत्युभएको छ ।
यसअघि गत दुई दिन कोहलपुरका दुई जना संक्रमित महिला–पुरुषको मृत्यु भएको थियो भने गएराती बाँके बैजनाथका ५५ बर्षीय पुरुषको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका फोकलपर्सन तेज ओलीकाअनुसार गत तीन दिनदेखि लगातार दैनिक एक जनाको दरले बाँकेका संक्रमितको भेरी अस्पतालमा मृत्यु भएको छ ।
भेरी अस्पतालमा उपचारकाक्रममा बैजनाथ गाउँपालिका– १ बाँकेका ५५ वर्षीय पुरुषको गएराती मृत्यु भएको उहाँले बताउनुभयो । यही मङ्सिर ७ गते कोरोना संक्रमण पुष्टि भएपछि त्यसको भोलीपल्ट ८ गते उहाँलाई थप उपचारका लागि भेरी अस्पतालको कोभिड वार्डमा भर्ना गरिएको थियो ।
स्वास्थ्यमा सुधार नआउँदा गएराती उहाँको मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । यसअघि विहिबार कोहलपुर ५ का ६५ वर्षीय पुरुष र शुक्रवार कोहलपुर नगरपालिका– ११ का ६४ वर्षीया महिलाको मृत्यु भएको थियो ।
गएराती भएको बाँके बैजनाथका संक्रमितको मृत्युसँगै कोरोना भाइरस संक्रमणका कारण हालसम्म बाँके जिल्लाको ३४४ जनाको मृत्यु भैसकेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । (गोरखापत्र अनलाइनबाट साभार)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2

Leave a Reply

Your email address will not be published. Required fields are marked *