१६ चैत्र २०८०, शुक्रबार

गरेको बिकासका आधारमा मत दिन मन्त्री अथकको आग्रह, गठबन्धनप्रति जनसमर्थन बढ्दै

गरेको बिकासका आधारमा मत दिन मन्त्री अथकको आग्रह, गठबन्धनप्रति जनसमर्थन बढ्दै

नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक २७ । बाम लोकतान्त्रीक गठबन्धनका उम्मेदवारले घरदैलो अभियानलाई तिब्रता दिएका छन । चुनावको मिति नजिकिदैं गर्दा बाँके क्षेत्र नं १ मा गठबन्धनको चुनावी अभियानलाई तिब्रता दिईएको हो ।
विकासको एजेन्डा लिएर मतदाताको घरआँगनमा पुगिरहेका गठबन्धनका उम्मेदवारलाई स्थानियले खुलेर समर्थन गर्दै आएका छन । आईतबार बाम लोकतान्त्रीक गठबन्धनका साझा उम्मेदवार महेश्वर गहतराज अथक र फुलाराम थारू कोहलपुरका बिभिन्न वडामा आयोजित घरदैलो कार्यक्रममा सहभागी भएका छन । बाँके क्षेत्र नं १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एवं युवा तथा खेलकुद मन्त्री अथकले आफुहरूको चुनावी अभियानमा स्थानियले खुलेरै समर्थन जनाईरहेको प्रतिक्रिया दिए ।
माओवादि केन्द्रका स्थायी समिति सदस्य समेत रहेका अथकले क्षेत्र नं १ का मतदाताले गठबन्धनकै पक्षमा मतदान गर्ने प्रतिवद्दता जनाएको बताए । आफुले बिगतमा गरेका कामको मुल्यांकन गर्ने समय आएको बताउँदै अथकले एक पटक पुन काम गर्ने अवसर प्राप्त हुनेमा विश्वस्त रहेको बताए ।

घरदैलो अभियानकै क्रममा आईतबार कोहलपुरका विभिन्न वडामा पुगेका गठबन्धनका उम्मेदवारलाई स्थानियले जितको अग्रिम शुभकामना समेत दिएका थिए । आईतबार एका बिहानै बृहत घरदैलो गर्न कोहलपुर १२ चप्परगौंडि पुगेका उम्मेदवारद्धय अथक र फुलारामलाई स्थानीयले भब्य स्वागत समेत गरेका थिए ।
चप्परगौडीका स्थानिय विवेक अधिकारीले जितेर गएपछि सबैको समस्या समाधान गर्दै देश विकासमा लाग्न उम्मेदवारहरुलाई सुझाव दिएका थिए । स्थानियसँगको भेटमा मन्त्री अथकले खड्गवार ढकेरी हुँदै सल्यानको घुईयाबारी जोड्ने अन्तरप्रदेशिय सडकको कामलाई तिब्रता दिने र समृद्ध कोहलपुर नगरपालिका बनाउने प्रतिवद्धता जनाएका थिए ।
प्रदेशका उम्मेदवार फुलाराम थारूले जनताको काम गर्ने प्रतिवद्ध रहेको जनाउँदै सबैले मत हालेर जिताउन आग्रह गरेका थिए । गठबन्धनको तर्फबाट बाँके क्षेत्र नं १ को प्रतिनिधि सभातर्फ मन्त्री अथकसँगै प्रदेशसभा १ को १ मा कृष्णा केसी नमुना र प्रदेश सभा १ को २ मा फुलाराम थारू चुनावि मैदानमा होमिएका छन ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *