१६ चैत्र २०८०, शुक्रबार

गुटउपगुट समाप्त गरेर काँग्रेसलाई शसक्त र लोकप्रिय पार्टी बनाउनु पर्नेमा नेता गिरीको जोड

गुटउपगुट समाप्त गरेर काँग्रेसलाई शसक्त र लोकप्रिय पार्टी बनाउनु पर्नेमा नेता गिरीको जोड

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, माघ ११ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले पार्टीभित्र विरोधका लागि विरोध भन्दा पनि पार्टीलाई एकताबद्ध बनाउने गरी अघि बढ्नुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा गिरीले अधिवेशनमा भएका सामान्य विवाद र मनमुटाबलाई विर्सेर व्यवहारमै देखिने गरी एकताबद्ध कांग्रेस बनाउन लाग्नुपर्ने बताए ।
कसरी पार्टीलाई एकताबद्ध बनाउन सकिन्छ भन्ने कुरामा सबै गम्भीर भएर लाग्नुपर्छ, उनले भने(ूहृदयगत एकता र आत्मीयता आजभोली हराएको हो कि जस्तो लागेको छ, अब गुट उपगुट भन्दा पनि कसरी सबल, सक्षम र लोकप्रिय पार्टी बनाउन सकिन्छ भन्ने हिसाबले सोच्नुपर्दछ । उनले को कहाँ कुन गुट वा समूहमा छ भन्ने कुराले अर्थ नराख्ने बताउँदै पार्टी र मुलुकको हितमा हुने कुरामा सबै प्रतिबद्ध हुनुपर्ने बताए । पत्रकारहरुको जिज्ञासामा गिरीले आफू यो गुट त्यो गुट भन्दा पनि कांग्रेस गुटमा रहेको बताए ।
म कुनै समय शेरबहादुर दाईसंग नजिक थिए, पार्टी विभाजन हुँदा रुख चिन्ह भएको ठाउँमा उभिए, गिरिजाबाबुसंग रहेँ, १२औं महाधिवेशनमा सुशील कोइरालाको समूहबाट लडेर केन्द्रीय सदस्य भएँ, १३औं महाधिवेशनमा रामचन्द्र पौडेल समूहबाट केन्द्रिय सदस्य भएँ, १४औं मा पनि शेखर कोइराला समूहबाट चुनाव लडेर जितें तर महाधिवेशन सम्पन्न भइसकेपछि को कुन समूहमा भन्दा पनि हामी कांग्रेसको हो, कांग्रेस बनाउन लाग्नुपर्छ, उनले भने ।
केन्द्रिय सदस्य गिरीले पार्टीभित्र हरेक विषयमा साझा धारणा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए । कुनै विषय वा प्रसंग आयो भने पहिले पार्टीभित्र सामान दृष्टिकोण बनाउनुपर्यो, बाहिर जसले जे मन लाग्यो त्यही बोल्ने हिसाबले लाग्न भएन, उनले थपे, सस्तो लोकप्रियताका लागि बोल्दिने बानीले समस्या निम्तिरहेको छ । पत्रकारहरुले निर्वाचनका सम्बन्धमा राखेको जिज्ञासामा उनले तीनै तहका निर्वाचन सम्मुख रहेकाले पार्टीलाई कसरी सफल बनाउने भन्ने विषयमा रणनीतिक हिसाबले पनि सोच्नुपर्ने बताए ।
सहमति जुटेमा पहिले संसदीय निर्वाचन गर्दा पनि फरक नपर्ने आफ्नो धारणा रहेको गिरीले बताए । उनले तीनै तहको निर्वाचन एकैपटक गर्दा पनि राज्यलाई आर्थिक भार नपर्ने भन्दै त्यसरी पनि जान सकिने धारणा राखे । निर्वाचन आयोगले एउटा मिति दिएर उक्त मितिमा चुनाव गर्नुपर्ने भनेको छ, सरकारले यस विषयमा छलफल र परामर्श गरिरहेको छ, कानुनी र व्यवहारिक पाटाहरु हेरिरहेको छ, छिट्टै यसको निक्र्योल होला, उनले भने ।
पूर्व मन्त्री गिरीले नेपाल भारत सीमा विवादका विषयमा उच्चस्तरीय राजनीतिक र कुटनीतिक पहल मार्फत् समस्या समाधान गर्न लाग्नुपर्नेमा जोड दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *