७ बैशाख २०८१, शुक्रबार

चट्यांग लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु

चट्यांग लागेर घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु

समाचारदाता
नेपालगञ्ज, असोज २४ गते । चट्यांग लागेर गम्भीर घाइते हुनु भएका बाँके बैजनाथ गाउँपालिका ३ बनखेतका एक जना बृद्धको उपचारका क्रममा सोमवार विहान मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आइतवार दिउँसो १२.२६ बजेको समयमा बैजनाथ गाउँपालिका ३ बनखेतस्थित आफ्नो घरदेखि दुई किलोमिटर उत्तरतर्फ गोठालो जानु भएका ६८ वर्षिय कालिबन बस्नेत चट्यांग परि गम्भीर घाइते अवस्थामा भेटिनु भएको थियो ।
घाइते बस्नेतलाई तत्काल उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पतालमा पुरयाईए पनि उहाँको अवस्थामा सुधार नआएपछि आइतवार साँझ साढे सात बजे नेपालगञ्ज नर्सिंंग होममा रेफर गरिएको थियो ।
नर्सिंग होममै उपचारका क्रममा सोमवार विहान साढे चार बजे बस्नेतको मृत्यु भएको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो ।
आइतवार भिषण बर्षा भैरहेको बेला जिल्लाका धेरै खुला ठाउँमा चट्यांग खसेको जानकारी आएको जनाउँदै उहाँले अरु ठाउँमा कुनै पनि क्षति नभएपनि बैजनाथमा भने मानवीय क्षति भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

Leave a Reply

Your email address will not be published. Required fields are marked *