८ बैशाख २०८१, शनिबार

चिसो बढेपछि कारगारका कैदीबन्दीलाई रेडक्रसद्धारा कम्बल वितरण

चिसो बढेपछि कारगारका कैदीबन्दीलाई रेडक्रसद्धारा कम्बल वितरण

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १४ पुस । शितलहर तथा चिसो अत्याधिक वढ्दै गएपछि नेपाल रेडक्रस सोसाईटी बाकेले जिल्ला विपद व्यवस्थापन समिति बाँकेमार्फत बाँके कारागारका कैदी बन्दीका लागि ३० थान कम्मल वितरण गरेको छ ।
विपद व्यवस्थापन समिति बाँकेका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी सुर्य वहादुर खत्री, जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक श्यामकृष्ण अधिकारी र रेडक्रस बाँकेका कोषाध्यक्ष राकेश वहादुर श्रीवास्तवले संयुक्त रुपमा कारागारका जेलर राम कुमार सोनकरलाई सो कम्मल हस्तान्तरण गर्नुभयो ।

त्यसैगरि सोही अवसरमाकैदी बन्दीकै लागि १५ थान पि फर्म पनि हस्तान्तरण गरिएको रेडक्रस बाँकेले जनाएको छ । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी खत्रीले चिसोको बेला अति विपन्न र आवश्यकता महसुस भएकालाई कम्मल लगायतका न्यानो कपडा वितरण गर्न जिल्लाका सबै गैर सरकारी संघसंस्थासंग आग्रह पनि गर्नुभयो ।
चिसो अत्याधिक बढेपछि क्षमता भन्दा तेब्बरको संख्यामा रहेका कारगारका कैदी बन्दीलाई ओढ्ने र ओछयाउने कपडाको समस्या भैरहेको थियो । सो समस्या बारे थाहा पाएर नै विपद व्यवस्थापन समितिले रेडक्रसबाट कम्मल र पी फम उपलबध गराएको जेलर सोनकरले बताउनुभयो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *