१२ बैशाख २०८१, बुधबार

चिसो बढेपछि बाँकेको जनजिवन अत्याधिक प्रभावित

चिसो बढेपछि बाँकेको जनजिवन अत्याधिक प्रभावित

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १८ । केही दिन यता बाँके र सो वरिपरिका जिल्लाहरुमा चिसो असाध्यै बढेको छ । बाक्लो हुस्सु र शीतलहर दिउँसो मध्यान्हसम्मै रहँने हुँदा तापक्रम दिनदिनै घटिरहेको छ ।
एकातिर अबेला घाम लाग्ने, त्यसमा पनि पारिलो घाम नलाग्दा चिसो बढेको हो । चिसो बढेपछि जनजीवन प्रभावित भएको छ ।
आइतवार विहानै विद्यालय, कलेज जाने शिक्षक, विद्यार्थीदेखि काममा निस्कनेहरुलाई समस्या भएको छ । विपन्न बर्गलाई चिसोले अझ सताएको छ । मजदुरहरु समस्यामा छन् । भिजिविलिटी कम हुँदा जहाज उडान प्रभावित भएको छ भने विहान लाग्ने बाक्लो कुहिरोले सडक दुर्घटनाको जोखिम बढाएको छ । नेपालगञ्जको तापक्रम घटेर आइतवार विहान ९ डिग्री सेल्सियस पुगेको थियो । नेपालगञ्जको आकाशमा आंशिक बदली पनि छ ।
केही दिन अघि परेको पानी र हिजोआज विहानैदेखि चल्ने गरेको शीतलहर र बाक्लो हुस्सुले चिसो निकै बढाएको हो । चिसो बढेपछि विभिन्न चोक तथा गल्लीहरुमा सर्वसाधारण दाउरा बालेर आगो तापिरहेका देखिन्छन् । चिसो ह्वात्तै बढेपछि बजारमा चहलपहल पनि पातलिएको छ । सरकारी कार्यालहरुमा सेवाग्राही घटेका छन् ।
चिसो निकै बढेकाले सावधानी अपनाउन चिकित्सकले आग्रह गरेका छन् । न्यानो कपडा लगाउन, झोलिलो तातो पदार्थ खान, काम परे मात्र बाहिर निस्कन चिकित्सकले सुझाब दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *