१५ चैत्र २०८०, बिहीबार

जनताको अधिकार खोसेर रैती बनाउने षडयन्त्र हुँदैछ–पुर्वमन्त्री राई

जनताको अधिकार खोसेर रैती बनाउने षडयन्त्र हुँदैछ–पुर्वमन्त्री राई

समाज भाँड्ने र नागरिकता विरोधीहरुसंग सावधान रहन आग्रह
नेपालगञ्जपाटी समाचार
नेपालगन्ज, कात्तिक ३० । बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार मोहम्मद ईश्तियाक राईले ठुलो त्याग र बलिदानपछि जनताले पाएको अधिकार खोसेर फेरी रैती बनाउने षडयन्त्र भैरहकोले सचेत रहन जनतासंग आग्रह गर्नु भएको छ । उहाँले जनताले पाएको अधिकार खोसेर फेरी सामन्ती शासन चलाउन खोज्नेहरुले धर्म जातको नाराहरु दिएर समाज भाड्ने र आफ्नो उदेश्य पुरा गर्ने खेल खेलीरहेको बताउनुभयो ।
बाँकेको डुडुवा २ बेतहनीमा बुधवार आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै पुर्वमन्त्री तथा उम्मेदवार राईले जनताले पाएको अधिकार, कमाएको सम्पत्ति र गरेको प्रगति सहन नसकेर विभिन्न बहानामा विभाजन ल्याई फेरी गुलाम बनाउन खोजिएकाले सचेत रहन तथा त्यस्तालाई धपाउन आग्रह गर्नुभयो ।
धवल समशेर राणप्रति ईगित गर्दै पुर्वमन्त्री राईले भन्नुभयो – कुनै पनि मन्दिर, गुरुद्धारा, वा चर्च र मस्जिदमा १० इट्टा पनि नलगाएकाले अहिले धर्मको ठेकेदार बनेर धार्मिक र जातियाताको नाममा विभाजन ल्याउने काम गरिरहेका छन् ।
आफुले नेपालगञ्ज र डुडुवामा दर्जनौ मन्दिर, मस्जिद, धर्मशाला, शमसानघाट, कव्रिस्तान, ईदगाह र गुरुद्धारा तथा चर्चको मरम्मत सम्भार र निर्माण गराएको जनाउँदै उहाँले केही नगर्नेलाई राम्ररी चिनेर सोही प्रकारको व्यवहार गर्न आग्रह गर्नुभयो ।


नेपाली नागरिकताका लागि संसदले दुई पटक पारित गरेको विधेयक राप्रपा र एमालेले पास गर्न नदिएकोले अहिले भोट माग्न आउने उनिहरुलाई जनताले कडा जवाफ दिनुपर्ने आवश्यकता औल्याउँदै पुर्वमन्त्री राईले विगतमा मधेशी समुदायसंग गरिने व्यवहार र मधेश आन्दोलनपछि पाएको उपलब्धीका बारेमा पनि गहिरिएर सोच्नु पर्ने बताउनुभयो ।
सहीद माताप्रसाद बर्मा र गुलजार खाँलाई सम्झेर। यस पटक मतदान गर्न उहाँले सम्पुर्ण डुडुवावासीलाई आग्रह गर्नुभयो । निर्वाचनमा आफुहरु ठुलो मतान्तरले विजयी भैरहको दावी गर्दै नेता राईले सो मतान्तरलाई अझै बढाउन दुई दिन थप मिहिनेत गर्न नेता कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
सो अवसरमा बाँके क्षेत्र नम्बर २ को प्रदेशसभा १ का उम्मेदवार भण्डारी लाल यादवले आफुले जितेमा पाँच वर्षसम्म गर्ने कामको सुचि प्रस्तुत गर्दै यस पटक जिताएर डुडुवाको भाग्य चम्काउने अवसर दिन आग्रह गर्नुभयो । उहाँले डुडुवा गाउँपालिकालाई एकलौटी रुपमा चलाउन खोज्दा कार्यपालिकाले काम गर्न नसकेको जनाउँदै जनताका काम हुने ग्यारेन्टी नभएसम्म अवस्था यस्तै रहने बताउनुभयो ।
जनता समाजवादी पार्टीका क्षेत्रीय सभापति उमेश कुमार यादवको अध्यक्षतामा भएको सो सभालाई जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष मोहम्मद कमरुद्दीन राई, समानुपातिकका उम्मेदवार अम्बिका काफ्ले, नेताहरु कौशल धोबी, डण्ड प्रसाद शर्मा, चन्द्रप्रकाश पिन्टु र राजेन्द्र विश्वकर्मा लगायतले पनि सम्बोधन गर्दै बिकास र बकवास विचको लडाईमा बिकासको पक्षमा एकजुट हुन आग्रह गरेका थिए ।
सो सभामा बेतहनी र सो आसपासबाट ठुलो संख्यामा स्थानीयहरु सहभागि हुन आएका थिए । धेरै समयपछि बेतहनीमा यति धेरै जनताको उपस्थिति देखिएको स्थानीयले बताएका थिए ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *