१६ चैत्र २०८०, शुक्रबार

जनताले दिएको जिम्मेवारी पुरा गर्ने प्रदेश सांसद केसीको प्रतिवद्धता

जनताले दिएको जिम्मेवारी पुरा गर्ने प्रदेश सांसद केसीको प्रतिवद्धता

सिराज खान
नेपालगञ्ज, मङ्सिर १८ गते । लुम्बिनी प्रदेशका ५२ वटा निर्वाचन क्षेत्र मध्ये १ निर्वाचन क्षेत्रमा मात्र महिला उम्मेदवार विजयी हुनुभएको छ । उहाँ हुनुहुन्छ, बाँके क्षेत्र नम्बर १ को प्रदेशसभा क का उम्मेदवार माओवादीकी कृष्णा केसी नमुना ।
उहाँ प्रदेशभरिमै प्रत्यक्ष निर्वाचित हुने महिला हुनुका साथै बाँकेबाट दोहोरिने एक मात्र उम्मेदवार पनि बन्न सफल हुनुभयो । २०७४ सालमा पनि केसीले सोही क्षेत्रबाट लुम्बिनी प्रदेशसभामा प्रवेश गर्नुभएको थियो ।
सत्ता गठबन्धनबाट साझा उम्मेदवार बन्नुभएकी केसीले नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीलाई पराजित गरेर प्रदेशमै एक मात्र महिला विजेता बन्ने किर्तिमान बनाउनु भएको हो । केसीले नौ हजार १०३ मत पाउँदा चौधरीले सात हजार ९६६ मत पाउनुभयो ।
पाँच वर्षसम्म निरन्तर जनताको सेवामा खटिएको र निर्वाचन क्षेत्रको सडक तथा विद्युत समस्या समाधानमा विशेष पहल गरेकै कारण फेरि पनि जनताले आफूलाई राजेको कृष्णा नमुनाको भनाई छ ।

उहाँले बाँकी रहेका कामहरु पुरा गर्न जनताले फेरी पनि जिम्मेवारी दिएकोले अब सो जिम्मेवारी पनि ईमान्दारिताका साथ पुरा गर्ने बताउनुभयो ।
‘माओवादीले अघि सारेका एजेण्डाहरुलाई प्रदेसभामा राख्नेछु, त्यसका साथै आफ्नो क्षेत्रको विकास, महिलाको अधिकार र प्रदेसलाई अधिकार सम्पन्न बनाउन मेरो विशेष ध्यान हुनेछ’– निर्वाचित केसीले भन्नुभयो ।
उहाँले आफ्नो निर्वाचन क्षेत्र अझैपनि जिल्लाकै पिछिडिएको क्षेत्र रहेकोले धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।
२०३५ साल चैत १५ गते राप्तीसोनारी गाउँपालिका– १ मा जन्मिनु भएकी केसीले वि.स. ०४७ बाट राजनीति सुरु गर्नु भएको थियो । उहाँ तत्कालीन नेकपा माओवादीले सुरु गरेको सशस्त्र युद्धमा सुरुबाटै सहभागी हुनु भएको थियो । माओवादीको विद्यार्थी संगठन, महिला संगठन हुँदै बाँके जिल्ला सचिव र केन्द्रीय सदस्य समेत बन्नु भएकी केसी ०५४ चैतमा जेल परी ०५६ वैशाखमा रिहा हुनु भएको थियो ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *