१२ बैशाख २०८१, बुधबार

जनता समाजवादी पार्टीका चार पालिका प्रमुख पदका उम्मेदवारको नाम घोषणा

जनता समाजवादी पार्टीका चार पालिका प्रमुख पदका उम्मेदवारको नाम घोषणा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, मंसिर २७ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद एवं जनता समाजवादी पार्टीका प्रभावशाली नेता मोहम्मद ईश्तियाक राईले बाँकेका चारवटा पालिकामा पार्टीको अवस्था निकै बलियो रहेकोले विजयी हुने दावी गर्दै पालिका प्रमुखका उम्मेदवारको नाम पनि घोषणा गर्नु भएको छ ।
उहाँले केही महिनापछि हुने स्थानीय तहको निर्वाचनमा बाँकेको नेपालगञ्ज उपमहानगर, डुडुवा गाउँपालिका, नरैनापुर गाउँपालिका र जानकी गाउँपालिकाबाट जनता समाजवादी पार्टीका उम्मेदवार विजयी हुने दावी गर्दै ती पालिकाका प्रमुख पदका उम्मेदवारको नाम पनि घोषणा गर्नु भएको छ ।
जसपाको केन्द्रिय कार्यकारीणी सदस्य समेत रहनु भएका नेता राईका अनुसार नेपालगञ्ज उपमहानगरको मेयरमा पार्टी जिल्ला अध्यक्ष कमरुद्दीन राई, नरैनापुरबाट वर्तमान अध्यक्ष ईश्तियाक अहमद शाह, डुडुवा गाउँपालिकाबाट भण्डारीलाल यादव र जानकी गाउँपालिकाबाट राजिव बर्माको नेतृत्वमा निर्वाचनमा प्रतिष्पर्धा गरिने छ । यी चारवटा पालिका मध्ये नरैनापुरमा जसपाले गत निर्वाचनमा पनि विजयी भएको थियो भने डुडुवा र जानकीमा निकै कम मतले हार व्यहोर्नु परेको थियो तथा नेपालगञ्ज उपमहानगरमा पनि अतिनै सम्मानजनक मत प्राप्त भएको जसपा बाँकेले जनाएको छ ।
नेपालगञ्जमा रहेका २३ वटा वडामध्ये १५ वटा वडामा विजय निश्चित भएको र अन्य केही वडामा पनि विजय नजिक रहेको पुर्व मन्त्री तथा संघीय सांसद ईश्तियाक राईले बताउनुभयो ।
उहाँले विगतको निर्वाचनमा पार्टीको संगटन धेरै ठाउँमा कमजोर रहेको जनाउँदै तर हाल आएर पार्टीले जिल्ला नगरमा संगठन निर्माणमा धेरै फड्को मारेको तथा आफुले जिल्ला र निर्वाचन क्षेत्रका लागि गरेको विकास निर्माणका कामबाट प्रभावित भएर पनि धेरै सर्वसाधारण जोडिएको बताउनुभयो ।
अहिले जनता समाजवादी पार्टी राष्टियस्तरको पार्टी भएको र सो पार्टीमा सबै जातजाती धर्म र सम्प्रदाय तथा भुगोल क्षेत्रका जनताको सहभागिता रहेकोले आगामी निर्वाचनमा झन बलियो भएर अगाडी बढ्ने दावी नेता राईले गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
0
+1
13
+1
2
+1
3
+1
4

Leave a Reply

Your email address will not be published. Required fields are marked *