८ बैशाख २०८१, शनिबार

जनयुद्ध दिवसको अवसरमा राप्तीसोनारीका ७० सहीद तथा वेपत्ता परिवारलाई सम्मान

जनयुद्ध दिवसको अवसरमा राप्तीसोनारीका ७० सहीद तथा वेपत्ता परिवारलाई सम्मान

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, फागुन १ । २७ औं जनयुद्ध दिवसको अवसरमा बाँकेको राप्ती सोनारी गाउँपालिकामा ७० जना सहिद तथा वेपत्ता परिवारका आफन्तहरुलाई आइतवार सम्मान गरिएको छ ।
संघीय सरकारका युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज अथकले जनयुद्ध दिवस समारोहमा ती सहीद तथा बेपत्ता परिवारलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
सो अवसरमा बोल्दै उहाँले सहीद र वेपत्ताले गरेको बलिदान खेर नजाने बताउँदै नेकपा माओवादी केन्द्रले जनताको अधिकारका लागि निरन्तर संघर्ष गरिरहेको बताउनुभयो ।
सहीद र बेपत्ता परिवारलाई वर्तमान सरकारले उच्च प्राथमिकतामा राखेको जनाउँदै मन्त्री अथकले अहिले पनि प्रतिगामी र जनविरोधीहरु सलबलाई रहेकोले सेचत रहन आग्रह गर्नुभयो ।
राप्तीसोनारी ६ सहिद स्मृति भवनमा भएको कार्यक्रममा १ न वडा देखि ९ नम्बर वडा सम्मका ७० जना सहिद तथा वेपत्ता परिवारका आफन्तहरुलाई सम्मान गरिएको थियो ।
राप्तीसोनारी माओवादी केन्द्रका अध्यक्ष चिम बहादुर घर्तिको सभापतित्वमा सम्पन्न कार्यक्रममा विभिन्न जात जातीको कला संस्कृति झल्कने झाँकी नाच समेत प्रस्तुत गरिएको थियो । सो अवसरमा मन्त्री अथकका स्वकीय सचिव माओवादीका प्रदेश कमीटि सदस्य नरेन्द्र पाण्डे जेम्स, प्रदेश सदस्य अमर खड्का, वडा नम्बर ६ का वडा अध्यक्ष जनक बहादुर थार लगायतले पनि
सहीद र बेपत्ताको योगदानलाई सधैं सम्झिनु पर्नेमा जोड दिनुभयो ।
सो अवसरमा सहभागि जनसमुदायले एकअर्कालाई बधाई तथा शुभकामना दिंदै रंग अबिरसमेत लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *