८ बैशाख २०८१, शनिबार

जन्मदै मलद्धार नभएका बालकको शल्यक्रियाका लागि आर्थिक समस्या, सहयोगको आग्रह

जन्मदै मलद्धार नभएका बालकको शल्यक्रियाका लागि आर्थिक समस्या, सहयोगको आग्रह

नेपालगञ्ज, माघ ९ । जन्मदै मलद्वार नभएको बर्दिया मधुवन नगरपालिका वार्ड नं ४ ढोढरी गाउँका २६ महिने प्रिन्स थारुको उपचारमा आर्थिक समस्या भएको छ । आर्थिक अभावकै कारण परिवारले उनको उपचार गराउन सकेका छैनन । बालकका बुबा श्रीराम चौधरीका अनुसार छोराको उपचारमा हालसम्म ६ लाख खर्च भैसकेको जनाए । उनका अनुसार साना किसान सहकारी संस्थाबाट ४ लाख बिस्वासिलो सहकारी संस्थाबाट २ लाख ऋण लिएर नेपालगन्ज र कोहलपुरका अस्पतालमा उपचार गराइएको छ । चिकित्सकहरुले आधुनिक सुविधा सम्पन्न अस्पतालमा उपचार गराउन सुझाव दिएका छन् ।

तर आर्थिक अभावका कारण उपचार सम्भव भएको छैन । बालकको अस्थायी मलद्वारको रुपमा पेटमा प्वाल पारेर मलद्वार बाहिर निकालिएको छ । अस्थायी प्वालमा संक्रमण भए भबिस्य खतरामा पर्ने भन्दै सहयोगका लागि अपिल गरिएको छ ।
राजापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत अर्जुन सुवेदीले बालकको तस्बिर पोष्ट गर्दै मेजर अपरेसन गरि मलद्वार बिकास गर्नु पर्ने भएकोले आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन । बालकलाई काठमाडौ लागि अपरेसन गर्नु पर्ने हुदा परिवारबाट आर्थिक सहयोगका लागि अपिल गरिएको उनले बताए । उपचारमा सहयोग गर्न चाहाने ब्यक्ति, संघ, संस्थाले निजको आमा मन्जु थारुको नाउँमा रहेको नेबैली सानोश्री बर्दियामा रहेको बहिनं 15101106478860000001  मा रकम जंमा गरि सहयोग गर्न सकिने छ । थप जानकारीका लागि बाबु श्रीराम चौधरीको मोबाइल नं 9816545408   मा संपर्क गर्न सक्नु हुनेछ छ । ( दस्तावेज डटकमबाट साभार)

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *