१५ चैत्र २०८०, बिहीबार

जमनाहा नाकामा दैनिकजसो लागूऔषध भित्रयाउने पक्राउ पर्दै, आज बोगटी समातिए

जमनाहा नाकामा दैनिकजसो लागूऔषध भित्रयाउने पक्राउ पर्दै, आज बोगटी समातिए

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस १२ । नेपालगञ्जको सिमा नाका जमुनाहबाट लागूऔषधसहित एक जना २४ बर्षीय युवकलाई नाकामा रहेको प्रहरीले पक्राउ गरेको छ ।
सोमवार बिहान पौने १० बजे नेपालगञ्जको जमुनाह नाकामा लागूऔषधसहित लम्कीचुहा नगरपालिका ४ कैलालीका २४ बर्षीय कर्ण बोगटीलाई इलाका प्रहरी कार्यालय जमुनाहको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
शंकास्पद तरिकाले रुपइडिहाबाट नेपालगञ्जतर्फ आउँदै गरेका बोगटीलाई चेकजाँचका क्रममा लागूऔषध १० पिस नाइट्रोभेट टयावलेट, २१० पिस ट्रामाडोल र २१५ पिस फेनिरामाइन एभिल ल्याउँदै गरेको अवस्थामा जमुनाह प्रहरीका इन्चार्ज प्रहरी नायब निरीक्षक मीन बहादुर बिष्टको कमान्डको टोलीले पक्राउ गरेको बाँकेका प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले बताउनुभयो ।
उहाँले पक्राउ परेका कैलालीका बोगटीसँग थप अनुसन्धान भइरहेको जनाउँदै प्रहरीले कडाई शुरु गरेपछि दैनिकजसो लागु औष ल्याउनेहरु पक्राउ पर्दै गएको बताउनुभयो । यसअघि आइतबार साँझ पनि जमुनाह प्रहरी र लागू औषध नियन्त्रण ब्यूरोको संंयुक्त टोलीले मुखभित्र १ ग्राम ५०० मिलिग्राम लागू औषध ब्राउनसुगर राखेर नेपालतर्फ आउँदै गरेका कोहलपुर नगरपालिका ५ का राज कुमार थारुलाई नाकाबाट पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *