१५ चैत्र २०८०, बिहीबार

जमुनाहा नाकामा आइतवार पनि ३९ जना संक्रमित भेटिए, अझै धेरै परीक्षण विनै भित्रिंदै

जमुनाहा नाकामा आइतवार पनि ३९ जना संक्रमित भेटिए, अझै धेरै परीक्षण विनै भित्रिंदै

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २५ । यहाँस्थित नेपाल भारत जमुनाहा नाकामा आइतवार पनि ठुलो संख्यामा संक्रमित भेटिएका छन् । भारतबाट आउनेहरु मध्ये मात्र ६७५ जनाको एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दा ३९ जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताउनुभयो ।
उहाँले आइतवार जमुनाह नाकामा सकास्पद ६७५ जनाको कोभिड एन्टिजिन परिक्षण गर्दा १३ जना पुरुष र २६ जना महिला सहित ३९ जनामा कोरोना पुष्टि भएको बताउनु यभो । संक्रमण देखिएका सबैलाई नेपालगञ्जस्थित बालमन्दिर आइसोलेसनमा राखी व्यवस्थापन गरिएको उहाँले बताउनुभयो ।
यस अघि केही दिन पहिलेसम्म नाकामा चेकजाचका क्रममा संक्रमीतको संख्या शुन्य आउदै गरेकोमा यहि पुस १९ गतेदेखि एक्कासी संक्रमितहरु बढ्न थालेका थिए । पुस १९ गते ९ जना, पुस २० गते ४ जना, पुस २१ गते ५ जना, पुस २२ गते २३ जना, पुस २३ गते २६ जना, पुस २४ गते ४६ जना र आइतवार ३९ जनामा संक्रमण देखिएको फोकल पर्सन ओलीले बताउनुभयो।
उहाँले कोभिड महामारी शुरूवात भय देखि हालसम्म ५५५ जनामा जमुनाहा नाकामा कोभिड संक्रमण देखिएको बताउनुभयो ।
एकातिर यसरी दिनदिनै नाकामा भारतबाट आउनेहरुमा संक्रमितहरु ठुलो संख्यामा फेला परिरहेका छन् भने अर्कोतिर अझैपनि करिब ८० प्रतिशत भन्दा बढी मानिसहरु परीक्षण नगराएरै नेपालमा छिर्ने गरेका छन् । अहिले भैरहेको परीक्षण पहाडी जिल्लाबाट रोजगारीका लागि ठुला सहरमा गएका सोझा नेपालीहरुको मात्र भैरहेको छ । बाँकी सबै विना कुनै परीक्षण आवागमन गरिरहेका छन् ।
नेपालमा कोरोना संक्रमण फैलिन रोक्नका लागि नाकामा परीक्षणमा कडाई अति आवश्यक छ । विना परीक्षण कसैलाई पनि भित्रिन नदिने व्यवस्था अपरिहार्य छ । अन्यथा जे सुकै गरेपनि भारतबाट आउनेहरुमो माध्यमबाटै कोरोनाले सर्दै ठुलो रुप लिंदै जाने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *