७ बैशाख २०८१, शुक्रबार

जमुनाहा नाका प्रहरीद्धारा लागु औषध भित्रिन नदिन कडाई, भारतीय सुरक्षाकर्मीले पनि निगरानी बढाए

जमुनाहा नाका प्रहरीद्धारा लागु औषध भित्रिन नदिन कडाई, भारतीय सुरक्षाकर्मीले पनि निगरानी बढाए

सिराज खान
नेपालगञ्ज, १३ कात्तिक । खुला सीमानाका कारण सीमापारी रुपैडिहाबाट दिनदिनै भित्रि रहेको लागु औषध ब्राउन सुगर भित्रिन नदिन हाल आएर जमुनाहा प्रहरीले विशेष निगरानी बढाएको छ । नेपाल भारत नाकास्थित जमुनाहा ईलाका प्रहरी कार्यालयको प्रमुखमा सरुवा भएर सई मिन बहादुर विष्ट गएलगत्तै नाकामा लागु औषध भित्रिन नदिन कडाई शुरु गरिएको थियो ।
प्रहरीले गरेको कडाईकै कारण अहिले आएर दिनदिनै लागु औषध भित्रयाउनेहरु प्रहरीको फन्दामा पर्न थालेका छन् ।
सोही क्रममा जमुनाहा नाकामा चेकजाँचका क्रममा प्रहरीले दुई दिन अघिमात्रै १५ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगरसहित महादेवस्थान ३ काभ्रेका ३४ वर्षीय मानबहादुर रोकालाई पक्राउ गरेको थियो । लागु औषध भित्रयाउन नयाँ नयाँ तरिका प्रयोग गर्दै आएकोमा आलुको झोलाभित्र लुकाइ नेपाल ल्याउँदै गरेको अवस्थामा १५ ग्राम ६ सय मिलिग्राम ब्राउन सुगर नियन्त्रणमा लिईएको बाँकेका प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिनुभयो ।

रोकालाई इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज मीनबहादुर विष्ट र लागु औषध व्यूरोको संयुक्त टोलीले पक्राउ गरेको थियो ।
सो घट्ना लगत्तै फेरी जमुनाहा प्रहरीले ३ ग्राम २५० मिलिग्राम लागु औषध ब्राउनसुगर सहित जिल्ला दाङ तुलसीपुर १ बस्ने बर्ष २२ को प्रकाश बिक र सोही ठाउँ बस्ने बर्ष २६ को समिर बिकलाई पक्राउ गर्न सफल भएको छ ।
विकद्धयले कालो क्यान भर्स जुत्ता भित्र लुकाई सो लागु औषध राखेको अबस्थामा फेला पारी निजहरुलाई नियन्त्रणमा लिई आबश्यक अनुसन्धान भई रहेको जमुनाहा ईलाका प्रहरी कार्यालयका इन्चार्ज सई मिन बहादुर विष्टले बताउनुभयो ।
उहाँले लागु औषध भित्रयाउनेहरुले विभिन्न नयाँ नयाँ तरिका अपनाएर लयाउन खोजी रहेको जनाउँदै सीमापारीको भारतीय प्रहरी र एसएसबीसंग पनि समन्वय गरेर भित्रिन नदिन अभियान चलाईएको बताउनुभयो ।
नाका प्रहरी प्रमुख विष्टका अनुसार आफुहरुको आग्रहमा रुपैडिहामा पनि लागु औषध विक्री गर्नेहरु माथि भारतीय सुरक्षाकर्मीले निगरानी बढाएको छ ।
लागु औषध भित्रयाउनेहरुले मुख्य नाका बाहेक साइडमा रहेका खुला ठाउँहरुको धेरै उपयोग गरिरहेको पाईएको छ । खुला नाकामा तैनाथ शसस्त्र प्रहरीले पनि लागु औषध भित्रिन नदिन कडाई गरिरहेको जनाईएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *