१५ चैत्र २०८०, बिहीबार

नेपालबाट भारततर्फ तस्करी भैरहेको पाँच लाख भन्दा बढीको अवैध सुर्ति नियन्त्रणमा

नेपालबाट भारततर्फ तस्करी भैरहेको पाँच लाख भन्दा बढीको अवैध सुर्ति नियन्त्रणमा

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, १७ कात्तिक । नेपाल भारत नाकामा रहेको जमुनाह प्रहरीले पिप्रहवा गाउँबाट ५ लाख भन्दा बढीको सुर्ती बरामद गरेको छ । अवैध रुपमा नेपालबाट भारततर्फ पठाउँदै गरेको सो सुर्ति प्रहरीले बरामद गर्न सफल भएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–१५ पिप्रहवा गाउँबाट मंगलवार राती सुर्तीजन्य कच्चा पर्दाथ अबैध रुपमा चोरी निकासी गरेर नेपालबाट भारततर्फ पठाउदै गरेको सो सुर्ति प्रहरीको टोलीले बरामद गरेको हो ।
जमुनाहा प्रहरी प्रमुख सई मीन बहादुर बिष्टको कमाण्डमा खटिएको टोलीले नेपालबाट अवैधरुपमा भन्सार छलि भारततर्फ पठाउँदै गरेको ५ लाख २६ हजार रुपैयाँ बराबरको सुर्तीजन्य कच्चा पदार्थ बरामद गरेको छ ।

प्रहरी प्रमुख बिष्टको कमान्डमा खटिएको ६ जनाको टोलिले भन्सार छली गरेर नेपालबाट अवैध रुपमा भारत भित्रयाउँदै गरेको सुर्ति नियन्त्रणमा लिएको बाँके प्रहरीका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेले बताउनुभयो ।
उहाँले तिहार शुरु भएकोले नाकाबाट तस्करी बढेको जानकारी प्राप्त भएकोले प्रहरीलाई सचेत र सतर्क रहन निर्देशन दिईएको बताउनुभयो ।
बिशेषगरि पटाका ठुलो परिमाणमा भित्रिन सक्ने आशंका रहेकोले सो भित्रिन नदिन कडाई गर्न नाकामा रहेको सबै सुरक्षा युनिटलाई निर्देशन दिईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *