१५ चैत्र २०८०, बिहीबार

जसपालाई एक्ल्याउन खोज्नेहरु पराजित भए–पुर्वमन्त्री राई

जसपालाई एक्ल्याउन खोज्नेहरु पराजित भए–पुर्वमन्त्री राई

चारदलको बहुमतको गठबन्धनलाई पराजित गर्दै जसपाले तीन सदस्य जित्यो
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, जेठ १६ । स्थानीय निर्वाचनमा भएको गठबन्धन विपरित जनता समाजवादी पार्टीलाई एक्ल्याएर नेपालगञ्ज उपमहानगरको कार्यपालिका निर्वाचनका लागि बनेको नयाँ गठबन्धन पराजित भएको छ ।
जसपालाई एक्ल्याएर नेपाली काँग्रेस, नेकपा माओवादी, राप्रपा र एकिकृत समाजवादीविच बनेको गठबन्धनमा ६७ मत हुँदा हुँदैपनि २५ मत भएको जसपाले तीन सदस्य पदमा जित हासिल गर्न सफल भएको छ ।
कार्यपालिकामा ६७ मत हुँदा हुँदैपनि एमालेको २५ मत र जसपाको २५ मत गरेर ५० मतका साथ निर्वाचनमा होमिएको जसपाले चार दलको बहुमतको गठबन्धनबाट तीन सदस्य हात पार्न सफल भएको छ । पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद मोहम्मद ईश्तियाक राईको निर्वाचन रणनिती र संयोजनका कारण जसपाले नेपालगञ्जमा तीन सदस्य जितेको अधिकांशको भनाई छ ।
स्पष्ट वहुमत हुँदा हुँदैपनि गठबन्धनका तीन जना उम्मेदवार पराजित भएपछि गठबन्धनमा खैलाबैला मच्चिएको छ । ८ जना सदस्यका लागि सोमवार भएको निर्वाचनबाट नेपाली कांग्रेसका ३ जना, जनता समाजवादी पार्टी (जसपा) नेपालका ३ जना र राष्ट्रिय प्रजातन्त्र पार्टीका २ जना निर्वाचित भएका छन् ।


कांग्रेसका ४२, माओवादीका ११ र राप्रपाका १४ जना गरी ६७ मतदाता हुँदाहुँदैपनि तीन जना पराजित भएपछि माओवादीसंग ठुलो अन्तरघात गरिएकोछ । ५ जना निर्वाचित हुने महिला सदस्यहरुमा कांग्रेसबाट अमृता कुमारी सिंह, कुमारी पुष्पा सिंह र संगिता रेग्मी, जसपाकी शोभा खटिक र राप्रपाकी विना थापा विजयी हुनुभएको छ ।
यस्तै ३ जना निर्वाचित हुने दलित वा अल्पसंख्यक सदस्यमा जसपाका बसन्त कनोजिया र मोहम्मद मुजम्मिल हुसैन हलवाई र राप्रपाका विक्रम चिडिमार विजयी हुुनुभएको छ ।
स्थानीय तहको निर्वाचनमा इमान्दारीका साथ काँग्रेसलाई सहयोग गरेपनि जसपा विरुद्ध षडयन्त्र गरेर एक्ल्याउने कार्य गर्नेहरुलाई यो निर्वाचन परिणामले ठुलो जवाफ दिएको र जसपालाई बाँकेमा कसैले पनि एक्ल्याउन नसक्ने दावी पुर्वमन्त्री राईले गर्नुभयो ।
उहाँले अब जसपा बाँकेको महत्वपुर्ण राजनितिक शक्ति बनिसकेको जनाउँदै कसैले जसपालाई माइनस गर्ने दुस्साहस नगर्न चेतावनी पनि दिनुभयो ।
नेपालगञ्जमा नगर प्रमुख र उपप्रमुख सहित २३ वटा वडाबाट ११७ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । यिनै जनप्रतिनिधिहरुले कार्यपालिका सदस्य निर्वाचनमा मतदान गरेका हुन् ।
सोमवार भएको निर्वाचनसंगै नेपालगञ्जको नगर कार्यपालिकाले अब पूर्णता पाएको छ । ३३ सदस्यीय कार्यपालिकामा जसपाका १०, कांग्रेसका ९, एमालेका ५, माओवादीका ४ र राप्रपाका ५ जना पुगेका छन् । नगर कार्यपालिका वोर्डमा कसैको पनि स्पष्ट बहुमत छैन ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6031
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
1
+1
1
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *