१२ बैशाख २०८१, बुधबार

जसपा बाँकेले पहिलेनै गठबन्धन नगर्ने निर्णय गरेकोले केन्द्रको निर्णय यहाँ लागु हुँदैन–कमरुद्दीन राई

जसपा बाँकेले पहिलेनै गठबन्धन नगर्ने निर्णय गरेकोले केन्द्रको निर्णय यहाँ लागु हुँदैन–कमरुद्दीन राई

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख ७ । पाँच दलिय गठबन्धनले नेपालगञ्ज उपमहानगरपालिकाको बारेमा गरेको सहमतिलाई जनता समाजवादी पार्टी बाँकेले अस्वीकार गर्दै विद्रोहको चेतावनी दिएको छ। सो पार्टीको बाँके जिल्ला अध्यक्ष तथा नेपालगञ्जबाट मेयरका उम्मेदवार कमरुद्दीन राईले जसपा बाँकेले पहिलेनै नेपालगञ्ज लगायत जिल्लाका चार पालिकामा प्रमुखमा कसैसंग गठबन्धन नगर्ने निर्णय गरिसकेकोले बुधवार केन्द्रमा गरिएको निर्णय यहाँ लागु नहुने बताउनु भएको छ । उहाँले जसपा बाँकेले धेरै दिन अघि सो निर्णय गरेर पार्टीको केन्द्र र प्रदेशमा जानकारी गराई सकेको हुँदा पनि पार्टीले केन्द्रको उक्त निर्णयमा हस्ताक्षर गरेको प्रति कडा आपत्ती जनाउँदै विहिबार १० बजेसम्म निर्णय नसच्चाईए पार्टीमा विद्रोह हुने र सबै ठाउँमा उम्मेदवारी दिने बताउनुभयो ।
गठबन्धनले बुधबार नेपालगञ्ज उपमहानगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा जसपालाई दिनेगरी भागबण्डा मिलाएको थियो । तर, उक्त भागबण्डाप्रति जसपा बाँकेले तिव्र असहमती जनाउँदै सच्चाउन पार्टीलाई अल्टिमेटम दिएको छ ।

सो निर्णय सच्चाएर गठबन्धन दलहरुविच मित्रवत प्रतिष्पर्धा गर्ने वा कर्सैले कसैसंग गठबन्धन गर्न चाहे गर्न दिने गरि स्वतन्त्र छोड्नु पर्ने जसपाको अडान रहेको सो पार्टीका नेपालगञ्ज उपमहानगरका अध्यक्ष श्रवण कुमार यादवले बताउनुभयो ।
उाहाँले् सो निर्णय नसच्याए पार्टीकै दुर्भाग्य हुने चेतावनी पनि दिनुभएको छ ।
उता जसपाका केन्द्रीय कार्यकारिणी सदस्य समेत रहनु भएका बाँके क्षेत्र नम्बर २ का सांसद मो ईस्तियाक राईले बाँकेले पहिलेनै केन्द्रमा जानकारी गराईसकेको हुँदा केन्द्रको निर्णय नेपालगन्जमा लागु नहुने बताउनु भएको छ । उहाँले जसपाको लागि मधेश मात्रै प्रदेश नभएको जनाउँदै लुम्बिनी पनि आधार क्षेत्र रहेकोले नेपालगञ्जलाई कुनै पनि हालतमा माइनस गर्न नसकिने बताउनुभयो ।
उहाँले पार्टीले समयमा निर्णय नसच्चाए त्यसको परिणाम घातक हुन सक्ने चेतावनी पनि दिनुभयो । उहाँले जिल्लाका पार्टी नेता तथा कार्यकर्तालाई निर्वाचनको तयारीलाई जारी राख्न आग्रह गर्दै केन्द्रको निर्णय कुनै पनि हालतमा लागु नहुने आश्वासन दिनुभएको छ ।

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *