१३ बैशाख २०८१, बिहीबार

जानकीमा जसपा र माओवादीको गठबन्धनको जित निश्चित भएको वर्माको दावी

जानकीमा जसपा र माओवादीको गठबन्धनको जित निश्चित भएको वर्माको दावी

संविधान र संघियताको रक्षाका लागि गठबन्धन बनेको पुर्वमन्त्री राईको भनाई
नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, बैशाख १४ । बाँकेको नेपालगञ्ज उपमहानगर, खजुरा, कोहलपुर र जानकी गाउँपालिकामा भएको बलियो गठबन्धनका कारण ती चार वटै पािलकामा गठबन्धनका उम्मेदवारको जित सुनिश्चित रहेको दावी गठबन्धनका दलहरुले गरेका छन् । नेपालगञ्जमा नेपाली काँग्रेस र जसपा, खजुरामा नेकपा माओवादी र नेपाली काँग्रेस, कोहलपुरमा नेकपा माओवादी र एकिकृत समाजवादी तथा जानकीमा जसपा र माओवादी गठबन्धन अन्य दलहरु भन्दा धेरै अगाडी रहेको स्थानीयले बताएका छन् । नरैनापुर र डुडुवामा भने जनता समाजवादी पार्टी एक्लै अन्य दलभन्दा अगाडी रहेको जसपाको दावी छ ।
जानकी गाउँपालिकामा गत निर्वाचनमा बलियो अवस्थामा रहेका जसपा र माओवादी केन्द्र मिलेपछि अहिले सो गठबन्धन निकै बलियो बनेको जसपाबाट अध्यक्षका उम्मेदवार राजिव बर्माले बताउनुभयो । उहाँले यस पटक जसपा एक्लैपनि निके बलियो रहेकोमा माओवादीसंग भएको गठबन्धनले त सबै उम्मेदवारले जित्ने माहोल बनिसकेको दावी गर्नुभयो । गठबन्धनबाट अध्यक्षमा जसपाका राजिव बर्मा र उपाध्यक्षमा माओवादी केन्द्रका रक्षाराम बर्मा उम्मेदवार बन्नु भएको छ ।


बुधवार नेपालगञ्जमा जानकीको गठबन्धनसम्बन्ध दलहरुको वरिष्ठ नेता कार्यकर्ताको एक प्रशिक्षण कार्यक्रमको आयोजना गरियो । दुबै दलका उम्मेदवार लगायत सयौं नेता कार्यकर्ता सहभागि कार्यक्रमको प्रमुख अतिथि पुर्वमन्त्री मोहम्मद ईश्तियाक राई रहनु भएको थियो । पुर्व मन्त्री राईले गठबन्धनको आवश्यकता र औचित्यमाथि धेरै बेरसम्म बोल्नु भएको थियो । उहाँले अहिलेको अवस्थामा संविधानको रक्षा, संघीयताको ग्यारेन्टी र जनयुद्ध तथा मधेश आन्दोलनबाट प्राप्त हक अधिकारको रक्षाका लागि गठबन्धन अपरिहार्य भएको बताउनुभयो ।
यस पटक जानकीमा बनेको गठबन्धनले स्थानीय सरकार बनाउने कुरामा कुनैपनि शंसय नरहेको पुर्वमन्त्री राईले दावी गर्दै सबैलाई इमान्दारीपुर्वक काम गर्न आग्रह गर्नुभयो ।
सो कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय नेताहरु अन्जना चौधरी र अकल बहादुर बमले यो गठबन्धन धेरै बलियो र अगाडी रहेको जनाउँदै सबैले आ आफ्नो ठाउँबाट इमान्दारीको परिचय दिनुपर्ने जनाउँदै गत पाँच वर्षमा स्थानीय सरकारले जानकीलाई खासै महत्व नदिएको बताउनुभयो ।
सो अवसरमा अध्यक्षका उम्मेदवार राजिव बर्माले गठबन्धन सरकारले जानकीमा भोतिक विकासमा विशेष ध्यान दिनुका साथै सरकारी स्कुलमा बोडिङ जस्तै पढाईको व्यवस्था गर्ने, किसानको कामकाज छिटो छरितो गर्ने, १ कलास देखि १० कलाससम्म पढाई निशुल्क गराउने, जानकी गाउँपालिकालाई स्मार्ट भिलेज बनाउने र भ्रष्टाचार न्युनिकरण जस्ता काममा विशेष ध्यान दिने बताउनुभयो ।
उपाध्यक्षका उम्मेदवार रक्षाराम बर्माले जानकीमा यस पटक ठुलो परिवर्तन हुने र सही मायनेमा जनताको सरकार बन्ने बताउँदै गठबन्धनलाई जिताउन सबैसंग आग्रह गर्नुभयो । जानकीमा दुई वटा वटा जसपा, दुई वटा वडा माओवादी केन्द्र र दुई वटामा मित्रवत प्रतिष्पर्धा गर्ने गठबन्धनविच सहमति बनेको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *