१२ बैशाख २०८१, बुधबार

जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुलाई ५० थान कम्बल वितरण

जिल्ला प्रहरी कार्यालयमा रहेका थुनुवाहरुलाई ५० थान कम्बल वितरण

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस २९ । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेले जिल्ला प्रहरी प्रहरी कार्यालय बाँकेका थुनुवाहरुलाई ५० थान कम्बल सहयोग गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार चिसोले थुनुवाहरु बिरामी पर्न थालेपछि बाँकेका प्रहरी प्रमुख एसपी श्यामकृष्ण अधिकारीको पहलमा थुनुवाहरुलाई कम्बल वितरण गरिएको हो ।
हाल बढिरहेको जाडो तथा मौसम परिवर्तनलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालयमा रहेका ५० जना थुनुवालाई कम्बल वितरण गरिएको बाँकेका प्रहरी प्रवक्ता र्डीसपी न्यौपानेले बताउनुभयो । सो कम्बल जिल्ला प्रहरी कार्यालय बाँकेको पहलमा जिल्ला प्रशासन कार्यालय बाँके र जिल्ला आपतकालिन परिचालन कक्ष बाँकेको सहयोगमा उपलब्ध गराईएको पनि उहाँले बताउनुभयो ।
यसअघि रेडक्रस सोसाइटी बाँके मार्फत बाँके कारागारका कैदीबन्दीलाई पनि ३० थान कम्बल हस्तान्तरण गरेको थियो । जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले चिसोबाट प्रभावित व्यक्तिको प्रभाव विश्लेषण गरेर चिसोबाट अति जोखिममा रहेका व्यक्तिलाई वितरण गर्ने उद्देश्यले ६०० थान कम्बल खरिद गरिएको बताउनुभयो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *