१३ बैशाख २०८१, बिहीबार

ठाकुरबाबा नगरपालिकामा आफ्नै वडा कार्यालय निर्माण गर्ने पहिलो वडा बन्यो वडा नम्बर चार

ठाकुरबाबा नगरपालिकामा आफ्नै वडा कार्यालय निर्माण गर्ने पहिलो वडा बन्यो वडा नम्बर चार

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, पुस ५ । स्थानिय तहमा जनप्रतिनिधि आएपछि स्थानिय निकायमा रहेका वडाहरुको विकास निर्माण कार्यले गति लिएको स्थानियहरुले बताएका छन् । ठाकुरबाबा नगरपालिका वडा नं ४ बर्दियाका स्थानिय जनताले स्थानिय तहमा जनप्रतिनिधि आएपछि गाउँ टोलमा धेरै सुधार आएको बताउँछन् ।
वडामा भएको विकासले स्थानियवासीमा खुसी छाएको स्थानिय टेक बहादुर साउदले बताउनुभयो । वडामा जनप्रतिनिधि आएपछि वडामा झिलिमिली भएको जनाउँदै उहाँले सोचे र चाहे अनुसारको काम पनि समयमै हुने गरेको बताउनुभयो ।
पहिले सानो सानो कामको लागि पनि सदरमुकाम धाउनुपर्ने हुन्थ्यो अहिले आफ्नै वडामा सुविधा उपलब्ध भएकोले समयको समेत बचत भएको अर्का स्थानिय पदम जैसीले बताउनुभयो ।
ठाकुरबाबा नगरपालिका वडा नं ४ बर्दियाका वडा अध्यक्ष शेर बहादुर चौधरी नगरकै पहिलो वडा कार्यालय निर्माण गर्न सफल हुनुभएको छ । करिब ५५ लाखको लागतमा वडा नं ४ को वडा कार्यालय निर्माण गरिएको छ । वडामा काम गरेको हौसला स्थानियले दिएपछि गर्व महसुस भएको वडा अध्यक्ष चौधरीले बताउनुभयो । वडाका जनप्रतिनिधी लगनशिल र मिलनसार भएको कारण काम गर्ने वातावरण सहज भएको उहाँले बताउनुभयो ।


वडाले ४ नं वडा कार्यालयसम्म जाने ग्राभेल बाटो, वडा भित्र पर्ने कल्भर्टका लागि हेमपाइप जडान, बर्गदा र बाउनपुर जोडिने पुल निर्माण, विजुली बत्ति जडान, सडक विस्तारको कार्य सम्पन्न गरेको वडा अध्यक्ष चौधरीले बताउनुभयो ।
वडाले स्वास्थ्य सामाग्री, युवाहरुलाई खेलकुद सामाग्री, कृषि, शिक्षा लगायतका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको वडा अध्यक्ष चौधरीले बताउनुभयो । जेष्ठ नागरिकका लागि कम्बल वितरण, अपाङगता भएका व्यक्तिहरुलाई फाइबर सिरक वितरण, गुरुवा तथा बडघरका लागि साइकल वितरण लगायतका विभिन्न सामाग्री वडावासीलाई प्रदान गरिएको उहाँको भनाई छ ।
गत चार वर्षको अवधीमा वडा नं ४ मा ३ वटा मन्दिर निर्माण, विद्यालयलाई व्यवस्थापन खर्च सहयोग, स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री, खोप केन्द्र निर्माण, बाउनपुर र मिर्चैयासम्म जोड्ने ३ किलो मिटर सडक निर्माण, बबई शिशुमाविलाई ४ लाख बढि सहयोग, गाउँ टोल सुधार कार्यक्रमलाई व्यवस्थित गर्न ५० हजार व्यवस्थापन खर्च सहयोग, देउता राख्नको लागि सहयोग प्रदान, मुक्त कमैया र सुकुम्बासीलाई १ लाख २५ हजारको सहयोग, दलित समुदायका लागि बाख्रा पालनका लागि १ लाख बजेट सहयोग, कमलरीहरुका लागि बाख्रा पालन, शहिद वेपत्ता परिवारलाई सहयोग, स्वास्थ्य स्वयमेविकालाई दराज र साइकल उपलब्ध, आमा समुहलाई ४० हजार बराबरको सहयोग, बालवालिका स्वास्थ्यकोष निर्माण मार्फत सहयोग प्रदान, हात्ती रोक्न पर्खाल निर्माणका लागि सहयोग, गुरुवा र सोह्निीयालाई मोबाईल उपलब्ध गराएको वडाले जनाएको छ ।


Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_img_tag_add_loading_attr is deprecated since version 6.3.0! Use wp_img_tag_add_loading_optimization_attrs() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078

Deprecated: Function wp_get_loading_attr_default is deprecated since version 6.3.0! Use wp_get_loading_optimization_attributes() instead. in /home/nepalgun/public_html/wp-includes/functions.php on line 6078
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *