६ बैशाख २०८१, बिहीबार

डुडुवाका ७२ बालविकास केन्द्रलाई सामाग्री वितरण

डुडुवाका ७२ बालविकास केन्द्रलाई सामाग्री वितरण

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, ८ फागुन । डुडुवा गाउँपालिका अन्र्तगत संचालित बाल विकास केन्द्रहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । डुडुवा गाउँपालिकाको वार्ड नं. १ देखि ६ वटै वडा अन्र्तगत रहेका ७२ वटा बालविकास केन्द्रलाई कुसन र कारपेट लगायतका सामाग्री हस्तान्तरण गरिएको हो ।
डुडुवा–२ स्थित लाली गुरास प्रारम्भिक बाल विकास केन्द्रमा आज एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले सामाग्री हस्तान्तरण गर्दै अहिले चिसोको मौसममा साना बालबालिकाहरुलाई बस्न न्यानो हुने बताउनुभयो । उहाँले गाउँपालिकाले साना नानी बाबुहरुको शिक्षातर्फ पढने बानी विकासका लागि बालविकास केन्द्रको पढाइ प्रभावकारी रहेको भन्दै पछिल्लो अवस्थामा सबै बालविकास केन्द्रको संचालन नियमित र प्रभावकारी बनाइएको बताउनुभयो ।
अध्यक्ष चौधरीले विगतमा नाम मात्रका रहेका बालविकास केन्द्रहरुलाई शिक्षाको कार्यविधी र योजना अनुसार प्रभावकारी व्यवस्थापन गरि नियमित रुपमा संचालनमा ल्याइएको बताउनुभयो । यो सामाग्रीले बालबालिकाहरुलाई बसेर पढन तथा खेल्नका लागि सहयोग गरेको शिक्षा शाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *